ग्लोबल आइएमई बैंकको एपबाट नेपाल आइडलमा भोटिङ गर्न सकिने

ग्लोबल आइएमई बैंकका ग्राहकले गायन रियालिटी टेलिभिजन कार्यक्रम ‘नेपाल आइडल सिजन–४’ का प्रतियोगीलाई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भोट गर्न सक्ने भएका छन् ।
बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्तालाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई ‘विजयी भव’ भनी जीतका लागि आशिर्वाद दिन सक्ने व्यवस्था गरेको छ। ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता किसिमका योजनाहरू ल्याउने गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।