खोटाङका चार पालिकामा आयुर्वेद औषधालय

खोटाङका चार पालिकामा आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको छ । आयुर्वेदिक पद्धतिको स्वास्थ्योपचार सेवालाई विस्तार गर्ने उद्देश्यले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले चार पालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
पछिल्लो पटक दिप्रुङ–चुइचुम्मा गाउँपालिका–६, छितापोखरीस्थित पञ्चमी बजारमा सञ्चालनमा ल्याइएको आयुर्वेद औषधालयले आइतबारबाट सेवा सुरु गरेको छ । यसअघि एँेसेलुखर्क, केपिलासगढी र साकेला गाउँपालिकामा आयुर्वेद औषधालय स्थापना भई सेवाप्रवाह हुँदै आएको छ ।
नागरिक आरोग्य सेवा केन्द्रमा निःशुल्क पञ्चकर्म सेवा, योग सेवा, सामान्य उपचार, सुत्केरीका लागि दुग्धवद्र्धक औषधि, ज्येष्ठ नागरिकलाई स्वास्थ्यवद्र्धक औषधी वितरण हुनेछ । यस्तै संघ रप्रदेश सरकारद्वारा निर्देशित कार्यक्रम पनि सञ्चालन हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख अजयकुमार झाले बताए ।
आगामी आर्थिक वर्षमा जन्तेढुंगा र वराहपोखरी गाउँपालिकामा पनि आरोग्य सेवा केन्द्र विस्तार गर्ने लक्ष्य रहेको झाको भनाइ छ ।