लक्ष्मी बैंकको शाखा भक्तपुरको कमलविनायकमा

लक्ष्मी बैंकले भक्तपुरको कमलविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाएको छ ।
नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ पुगेको छ । बैंकका ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर पनि सञ्चालनमा छन् । बैंकको देशभरका विभिन्न स्थानमा १७३ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।
यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको विज्ञप्तिमा जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रूपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको जनाएको छ ।
शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्ध–सहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।