लक्ष्मी बैंकको काउन्टर विस्तार «

लक्ष्मी बैंकको काउन्टर विस्तार

लक्ष्मी बैंकले रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका स्थित झुलनेटामा स्थापना गरेको छ ।
यस नयाँ एक्स्टेन्सन काउन्टरको स्थापनाको साथै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १४१ शाखा, ११ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७२ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।
बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाको बढ्दो माग पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।
यो एक्स्टेन्सन काउन्टरको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ वा मोवाइल बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्