Logo

एनआरएनएको निर्वाचन चैतमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को स्थगित निर्वाचन २१ र २२ मार्च अर्थात् ७ र ८ चैतमा गर्ने गरी कार्यतालिका सार्वजानिक भएको छ । निर्वाचन सम्पन्न गर्नका संघले अधिवक्ता भीमसेन बन्जाराको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचनको आन्तरिक तयारी गरिरहेको छ ।
विगतमा मतदानको अधिकार सहितका प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई उपलब्ध हुन नसक्दा निर्वाचनको कार्य स्थगित हुँदै आएकोमा प्रतिनिधिहरुको सूची समितिलाई प्राप्त भएपछि निर्वाचन सुनिश्चित भएको हो । निर्वाचन कार्यतालिका प्रकाशनको चरणमा निर्वाचन समिति पुगेको जनाइएको छ ।
गैरआवासीय नेपाली संघको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको छ । निर्वाचन भेन्डरको छनोट यसअघि नै भइसकेकोे छ । प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको निर्वाचन समितिले जनाएको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरु (मतदाता) ले मतदानको समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) पठाउनुपर्ने नियम रहेको छ । मतादाता सूचीमा रहेका सबै मतदाताहरुलाई संघको एमआईएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्नुपर्ने जनाइएको छ । निर्वाचन तालिकाअनुसार आज (बिहीबार) बाट १० फागुनसम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधि नामावली प्रकाशन गरिनेछ । चैत ७ र ८ गते निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्