‘खल्ती’ बाटै केयूकेएलको बिल भुक्तानी गर्न सकिने

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी अब अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ ।
व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको कम्पनीको भनाइ छ । त्यति मात्र नभइ खल्तीबाट खानेपानीको बिल भुक्तानी समय मै गरी रिबेट-छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।
‘खल्ती’बाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाम्की भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ । त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्टबाट भुक्तानी गर्न सकिने बताइएको छ ।
खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढी प्रत्यक्ष र लाखौं अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी गर्न सकिने बताइएको छ ।