अमेरिकामा फेरी गोली काण्ड, दुईको मृत्यू «

अमेरिकामा फेरी गोली काण्ड, दुईको मृत्यू

अमेरिकाको केन्टुकी राज्यको स्कुलमा भएको गोली काण्डमा दुईको मृत्यू भएको छ भने १७ घाइते भएका छन् । उक्त गोली काण्डमा १५ वर्षे किसोरी र घटनास्थलमै अर्का १५ वर्षे किसोरको अस्पतामा मृत्यू भएको केन्टुकी गभर्नरले बताएका छन् ।
आक्रमण गर्ने १५ वर्षे पुरुष विद्यार्थीलाई कुनै हिंसात्मक घटना बिनानै सामान्य अवस्थामा पक्राउ गरिएको अधिकारीले बताएकमा छन् ।
एक्ला आक्रमणकारीले हाते बन्दुकबाट कक्षा सुरु हुनुभन्दा अगाडि सामान्य क्षेत्रमा अन्धाधुन्ध गोली प्रहार गरेको स्थानिय सञ्चार माध्यमले जनाएका छन् ।
गोली प्रहार गर्ने किसोरलाई हत्या र हत्या प्रयासको अभियोग लगाइएको छ । घटनाको अनुसन्धानमा एफबीआईले सहयोग गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्