भ्यालेन्टाइन डेमा ग्लोबल आइएमई बैंकको क्यासब्याक अफर

ग्लोबल आइएमई बैंकले भ्यालेन्टाइन डेको अवसरमा बैंकका ग्राहकलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ ।
बैंकका ग्राहकले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्ना प्रिय पात्रसँग माया, सद्भाव, मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फागुन १ र २ गते सामान खरिद गर्दा ‘मेरी उनीलाई’ लेखी क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक पाउने बताइएको छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई सुविधान प्रदान गर्दै आएको जनाएको छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।