आजदेखि कास्कीमा बढीमा ५० जना सहभागी हुन पाउने

पोखरा – कास्कीमा अझै पनि कोरोना संक्रमण दर खासै घट्न नसकेकाले कास्कीमा अझै पूर्णरूपमा लकडाउन खुला हुन सकेको छैन । आइतबारदेखि निश्चित क्षेत्रलाई आवश्यक स्वास्थ्य मापदण्डका आधारमा मात्र सञ्चालनको गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ ।
यो हप्ता करिब ३० प्रतिशत कोरोना शंक्रमण कास्कीमा रहेकोले गर्दा पनि फागुन १ देखि शैक्षिक संघ–संस्था, होटल तथा रेष्टुराँ, धार्मिक विभिन्न कार्यक्रम गर्दा पार्टी प्यालेसमा बढीमा ५० जनासम्मको उपस्थिति जनाउन पाइने प्रावधान राखिएको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।
सिनेमा हल, डान्स बार, दोहोरी, नाच घर, क्लब, हेल्थ क्लव, जिम खाना, स्वीमिङपुल, फुटसल, पटके हाटबजार, स्पाः सेन्टर, ब्युटिपार्लर र मानिसहरू भीडभाड हुने सबै प्रकारका, सबै प्रकारका आमसभा, जुलुस, सभा वा धेरै मानिस भेला हुने क्रियाकलापहरू अर्को सूचना प्रकासन नहुदासम्म हाल सञ्चालन नगर्न प्रशासनले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
फागुन १ गतेदेखि लागू हुने गरी बिद्यालय, विश्वबिद्यालय, कलेज, टयुशन सेन्टरहरू, भौतिक उपस्थितीमा संजाल हुने तालिम वा अन्य प्रकारका शैक्षिक कृयाकलाप सञ्चालन गर्न अनुमति दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । सार्वजनिक यातायातमा यात्रुहरूलाई अनिवार्य मास्क, सेनिटाइजर सहितको आवश्यक स्वास्थ्य मापदण्ड पालना गराउने, मास्क विनाका यात्रुलाई बढीमा प्रति मास्क ५ लिन सक्ने भएका छन् । त्यसका लागि भने तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक दूरी कायम गर्ने, माथिल्लो र तल्लो तहको बिद्यार्थीहरूको आगमन फरक फरक बनाउने गरी लामो दूरीका सवारी साधन र हवाईजहाजबाट यात्रा गर्नुपूर्व खोप कार्ड वा कोभिड १९ को नेगेटिभ रिपोर्ट भएको प्रमाण आफ्नो साथमा राख्ने र सो अनुरुपको मात्र यात्रा अनुमति दिने भएको प्रजिअ आचार्यले बताए ।
होटल तथा रेष्टुराँको हकमा समेत स्वास्थ्य मापदण्ड पालना गराउँदै राति १०ः०० बजेसम्मको लागि सञ्चालनको अनुमति दिएको प्रशासनले शुक्रबार जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरेको छ ।
कोभिड–१९ सम्बन्धी आदेश प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिने भएको प्रजिअ आचार्यले जनाए । अनुगमनको क्रममा यस आदेशको अवत्रा भएको पाइउमा प्रचलित कानुनबमोजिम कारबाही हुने आचार्यले चेतावनी दिएका छन् ।
धार्मिक एवं सास्कृतिक जात्रा, पर्व, विवाह, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान लगायतका आत्यावश्यक परम्परागत क्रियाकलापहरू पार्टी प्यालेसमा सञ्चालन गर्दा ५० जनाभन्दा बढी नहुने गरी संचालन गर्न पाउने, सपिङ मल, डिपार्टमेन्टल स्टोर्स, सुपर मार्केट वा कुुनै प्रकारको पसलहरू सञ्चालन गर्दा बढीमा ५० जनाभित्र सहभागी हुने गरी सञ्चालनको अनुमति दिएको प्रजिअ आचार्यले जनाए ।
यसैबीच कास्कीमा शनिबार मात्र ३५ जनामा कोरोना शंक्रमण देखा परेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । शनिबार सबैभन्दा बढी प्रदेशको लमजुङमा ४६ जनामा कोरोना संक्रमण देखा परेको छ । मनाङ र मुस्ताङमा शनिबार कोरोना क्रमण कसैमा पनि देखा परेको छैन । कास्कीमा हाल सक्रिय केस ६ सय ३७ जना रहेका छन भने कोरोनाको कारण हालसम्म ६ सय ३५ जनाको मृत्यु भएको छ । प्रदेशमा हालसम्म १ हजार ४ सय ५९ जनाको कोरोनाको कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हाल १ हजार ४ सय ५५ जना कोरोनाका सक्रिय केस रहेको छ ।