लक्ष्मी बैंकको शाखा काठमाडौंको डिल्लीबजारमा

लक्ष्मी बैंकले आफ्नो १४१औं शाखा काठमाडौं महानगरपालिका–२९ डिल्लीबजारमा सञ्चालनमा ल्याएकोे छ ।
डिल्लीबजारको कालिका मार्गमा रहेकोे यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्नसम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य लिएको जनाएको छ ।
सो नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको बताइएको छ ।
यो शाखाको साथ सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास लिएको बैंकले दावी गरेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका सेवाको बढ्दो माग पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा शाखा सेवा विस्तार गर्दै आएको जनाएको छ ।
शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।