ओम र एनबीआईबीच सम्झौता «

ओम र एनबीआईबीच सम्झौता

ओम डेभलपमेन्ट बैंक तथा नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी तथा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरेका हुन् । विकास बैंकहरूमध्ये समझदारीपत्र हस्ताक्षर गर्ने ओम विकास बैंक पहिलो बैंकका रूपमा छ ।
उक्त समझदारीपत्रमा नेसनल बैंकिङ इन्स्टिच्युटमार्फत ओम डेभलपमेन्ट बैंकका १ सयभन्दा बढी कर्मचारीहरूलाई विशिष्टीकृत बैंकिङ प्रमाणीकरण (जानबी) कोर्स प्रदान गर्ने सहमति भएको छ ।
बैंकिङ कर्मचारीहरूको क्षमता एवं दक्षता अभिवृद्धि गर्ने प्रयास स्वरूप यो कोर्सको विकास गरिएको हो । उनीहरूको क्षमता वृद्धि तथा बैंकिङसम्बन्धी ज्ञान, सीप र शिक्षामा अझ बढी निखार ल्याउने साथै भविष्यमा बैंकिङ क्षेत्रमा अब्बल रूपमा उभ्याउनु यसको उद्देश्य रहेकोे बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्