Logo

याक एण्ड यति होटलको इजाजत रद्द

पर्यटन विभागले काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यती तथा त्यसमा रहेको क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको छ ।
होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर जम्मा ४२ करोड २५ लाख ६८ हजार बुझाउन बाँकी रहेको भन्दै पर्यटन विभागले होटल र क्यासिनो बन्द गर्न बुधबार निर्देशन दिएको हो ।
पटक-पटक सूचना र पत्रमार्फत ताकेता गर्दा पनि रोयल्टी नतिरेको भन्दै मन्त्रीस्तरीय निर्णयमार्फत होटललाई कारवाही गरेको विभागले जनाएको छ ।
मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले होटलको अचल सम्पत्ति रोक्का राख्ने, बैंक तथा वित्तीय संस्थामा रहेको कारोबार समेत रोक्का राख्ने निर्णय गरेका थिए । मन्त्रीले ५ तारेस्तरको होटल वर्गीकरण प्रमाणपत्र पनि रद्ध गर्ने निर्णय गरेको पर्यटन विभागले होटलललाई लेखेको पत्रमा उल्लेख छ ।
होटल तथा क्यासिनो सञ्चालन नगर्नू नगराउनू हुन सूचित गरिन्छ भन्दै पत्रमा गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई बोधार्थ दिइएको छ।

प्रतिक्रिया दिनुहोस्