Logo

सनराईज बैंकले पायो ‘केयर एनपी ए’ रेटिङ

सनराईज बैंकले पुनः ‘केयर एनपी ए–’ रेटिङ पाएको छ । बैंकलाई केयर रेटिङस् नेपाले ए– इस्युवर रेटिङ दिएको हो ।
केयर रेटिङस् नेपालद्वारा गरिने निरिक्षणमा बैंकले विगत ४ वर्षदेखि नियमित रूपमा ए– रेटिङ पाएको छ । ए– रेटिङ भएका वित्तीय संस्थाहरूको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता इस्युवर रेटिङ रहेका वित्तीय संस्थाहरूमा न्यून जोखिम रहेको मानिन्छ ।
बैंकले आफ्नो लगानीकर्ता तथा सम्पूर्ण हिताधिकारीहरूको सुरक्षाको निम्ति आफ्ना जोखिमलाई न्यूनिकरण गर्दै लगेको समेत यो रेटिङले थप पुष्टि गर्छ । आगामी दिनमा पनि बैंकले आफ्ना परिसूचकहरू अझ सशक्त गर्दै लैजाने बैंक प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्