Logo

सहिदहरूको सपना साकार भयो त ?

नेपालमा माघ १६ गतेका दिनलाई सहिद दिवसका रूपमा मनाउने गरिन्छ । प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन माघ १६ गते विशेष रूपमा सहिद दिवस मनाइन्छ । हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पणसहित मान्छेले आफ्नो दैनिकी सुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरूको बलिदान रहेको छ । आज तिनै सपूतहरूको सम्झना र सम्मानको दिन हो— माघ १६ को सहिद दिवस ।
परिवर्तित परिपे्रक्ष्यमा नेपाललाई सहिद दिवसका रूपमा मात्र नभई सहिद सप्ताहका रूपमा एक हप्ताअगाडिदेखि नै विभिन्न कार्यक्रम गरेर मनाइने गरिन्छ । नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको बलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ । नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको बलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।
नेपाली बृहत् शब्दकोशअनुसार आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति सहिद हुन् । सहिद भन्नेबित्तिकै सबैले दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई सम्झन्छन् । वीर शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।
निरङ्कुश जहानियाँ राणाशासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ । वि.सं. १९९७ माघ १० गते निरङ्कुश राणाशासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो । यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । गत वर्षको सहिद दिवस र यस वर्षको सहिद दिवस दुवै सहिद दिवसले विगतका सयौं सहिद दिवसहरूसँग मिलेर एउटै प्रश्न सोधिरहेका छन्— के नेपालमा प्रजातन्त्रका लागि आफ्नो ज्यानको आहुती दिने सहिदहरूको सपना वास्तवमै साकार भयो त ?
सामान्यतया देशको स्वाधीनता, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो ज्यानको बलिदान दिनेलाई सहिद मानिन्छ । तर, नेपालमा आपराधिक समूहले हत्या गरेका, झडपमा मारिएका र काल गतिले मरेका व्यक्तिसमेतलाई राजनीतिक दबाबमा सहिद घोषणा गरेको देख्दा देशका लागि बलिदानी दिने व्यक्ति सहिद हुन् वा दलप्रतिको वफादार राजनीतिक कार्यकर्ता भन्ने भ्रम सिर्जना गरेको छ । देशको स्वार्थका लागि लड्दालड्दै ज्यानको आहुती दिने व्यक्तिलाई राज्यले सहिदको सम्मान दिन्छ । तर, कुनै अमूक दलको सदस्य भएकै नाताले जबरजस्त सहिद घोषणा गर्नु वास्तविक सहिदप्रतिको अपमान र सहिद शब्दकै बदनाम गर्ने कार्य हो ।

प्रतिक्रिया दिनुहोस्