एफ–१६ जेट भन्दा तीव्र गतीमा गुड्ने विद्युतीय कार

एफ–१६ जेट भन्दा तीव्र गतीमा गुड्ने विद्युतीय कार
रोम-एक इटालियन विशेषज्ञ कार निर्माताले हाइब्रिड नभइकन पुरै विद्युतीय कार सार्वजनिक गरेको छ । यो कार एफ–१६ जेट भन्दा पनि कमको समयमा प्रति घन्टा १८० माइलको गती पकड्न सक्ने दावी निर्माताले गरेको छ ।
अटोमाबिली पिनिनफारिनाले आफ्नो बाटिस्टा हाइपर कार गत साताको जेनेभा इन्टरनेसनले मोटर शोमा सार्वजनिक गरेको हो । अटो अवलोकनकर्ताले यसलाई हाइपर कारको संज्ञा दिएका छन् ।
यसका निर्माताले बाटिस्टाले १९०० ब्रेक हर्सपावर सिर्जना गर्न सक्छ । यो कारलाई हालसम्मकै सर्वाधिक सक्तिशाली सडकमा गुड्ने कार भएको निर्माताले बताएका छन् ।
यो कारको मूल्य २० लाख डलर राखिएको छ । यसको तुलनामा बीएमडब्लू फाइभ सिसिज ५३० को मूल्य ५० हजार डलर मात्रै पर्छ । यसको इन्जिन पावर १९० बीएचपी रहेको छ ।
गतीको मामिलामा पिनिनफारिना बाटिस्टालाई अहिलेसम्मकै तीव्र गतीको सडक– वैधानिक कार भएको भनिएको छ । यो कार २ सेकेन्ड भन्दा पनि कमको अवधिमा ६२ माइल अर्थात १०० किलो मिटर प्रति घन्टाको गती लिन सक्छ ।
म्यूनिख शोमा बोल्दै अटोमोबिली पिनिनफारिनाका सीईओ माइकल पर्सचकेले भने,“सुरक्षाका लागि प्रतिबन्धित इन्जिन भर्सन सर्वाधिक गती ३५० किलोमिटर प्रति घन्टा अर्थात २१७ माइल प्रति घन्टा हो ।”
“यो कार ०–३०० किलोमिटर प्रति घन्टाको एफ–१६ जेट भन्दा पनि तीव्र गतीको छ । त्यसैले यो कार ३५० किलोमिटर प्रति घन्टाको गतीमा सार्वजनिक गरिनेछ र यो भन्दा माथि विशेष ट्रयाक प्याकेजमा मात्रै हुनेछ,” उनको भनाई थियो ।
यस किसिमको कार १५० को संख्यामा उत्पादन गरिनेछ र यो चलाउनका लागि २०२० देखि उपलव्ध हुनेछ । प्रत्येकको मूल्य २२ लाख डलर अर्थात लगभग २८ करोड रुपैयाँ पर्नेछ ।