विद्येयक पारित भएसँगै अमेरिकी ‘सटडाउन’ खुला

अमेरिकी सरकारको आंशिक ‘सटडाउन’को अन्त्य भएको छ । रिपब्लिकन र डेमोक्र्याटले अस्थायी कोषको विद्येयकको पक्षमा मतदान गरेपछि सटडाउनको अन्त्य भएको हो ।
युवा गैर कानुनी आप्रवासस्को भविष्यको बारेमा रिपब्लिकन बहस गर्न तयार भएपछि डेमोक्र्याट विद्येयक फिर्ता गर्न राजी भएका हुन् ।
अक्टुबरदेखिको यो चौथो अस्थायी नीति हो । क्यापिटल हिलले दीर्घकालिन बजेटको बारेम सहमती नजनाएका कारण यस किसिमको अवस्था सिर्जना भएको हो ।
सिनेटले ८१–१८ र प्रतिनिधि शभाले २६६–१५० को आधारमा यो विद्येयक पारित गरेको हो ।
कंग्रेस दीर्घकालिन बजेट सम्झौतामा पुग्ने सक्ने अपेक्षामा सरकारका लागि फेबु्रअरी ८ सम्म बजेट खुला भएको छ । शनिबारदेखि हजारौ संघिय अस्थायी कर्मचारीहरु बेतलबी विदामा बसेका थिए । बजेट अस्थायी रुपमा खुला भएसँगै उनीहरुले राहतको सास फेरेका छन् ।
यो ‘लन्च ब्रेक’ भएको एटलान्टाको सेन्टर फर डिजिस कन्ट्रोल एन्ड प्रिभेन्सनका वैज्ञानिक टम चापेलले बताए ।
रिपब्लिकनका सिनेट नेता मिच म्यकोनेलले आफ्नो पार्टिले डेमोक्र्याटले भन्दै आएको आप्रवासन सम्झौतमा छलपल गर्न सहमत भएको बताएका छन् ।
डेमोक्र्याटहरुले ड्रिमर्सको देश निकालाको संरक्षणको माग गर्दै आएका छन् । अमेरिकामा ७ लाख भन्दा बढी युवा आप्रवासीलाई बालबालिकाको रुपमा ल्याइएको थियो ।
तर रिपब्लिकनहरुले संघिय सरकारी सेवा बन्द भएको अवस्थामा कुनै पनि सम्झौता सम्भव नभएको विषयमा जोड दिँदै आएका छन् ।
“कंग्रेसमा डेमोक्र्याटहरु सामान्य अवस्थामा फर्केकोमा म खुसी भएको छु,” रिपब्लिकनको हैसियतबाट राष्ट्रपति ट्रम्पले बताए ।
“यदी आफ्नो देशका लागि राम्रो हुने भएमा आप्रवासीको मामिलामा हामी दीर्घकालिन सम्झौता गर्न तयार छौ,” उनले भने ।