सञ्चारकर्मीद्वारा मास्क वितरण अभियान सञ्चालन «

सञ्चारकर्मीद्वारा मास्क वितरण अभियान सञ्चालन

सर्लाही– कोरोना महामारीमा ज्यान जोखिममा राखेर रिर्पोर्टिङमा खटिने सर्लाहीका सञ्चारकर्मीहरूको सामाजिक कार्यले यस बेला सामाजिक सञ्जालमा चर्चा बटुल्न थालेका छन । तराई मेधस कोरोना महामारी र शीतलहरलगायत दुईवटा विपदीबाट आक्रान्त भएका बेला सर्लाहीमा क्रियाशील सञ्चारकर्मी सडकमै उत्रिएर सामाजिक कार्यहरू गर्न लागेको दुश्य सबैलाई भावुक बनएका छन् ।
रिपोर्टर्स क्लब प्रदेश नं. २ का अध्यक्ष तथा लोकतन्त्र दैनिक पत्रिकाका प्रबन्ध निर्देशक बख्तियार अलिको नेतृत्वमा सर्लाहीको मंलगवामा विभिन्न ठाउँहरूमा गरिब, तथा अतिविपन्न परिवारका नागरिकहरूलाई कोरोनाबाट बचाउनका लागि माक्स वितरण अभियान सञ्चालन गरिएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का कोषाध्यक्ष विश्वनाथ ठाकुर, सुनील रायलगायतका सञ्चारकर्मीहरूको सक्रियतामा माक्स वितरण अभियानअन्तर्गत सदरमुकाम मंलगवामा दैनिक उपभोगका सामग्री किनमेल गर्न आउने सर्वसाधारण, पसल, सार्वजनिक तथा निजी सवारी सञ्चालक, यात्रुहरूलगायत सुरक्षामा खटिने सुरक्षाकर्मीलाई समेत गरी ३ हजारभन्दा बढी मास्क वितरण गरिएको लोकतन्त्र दैनिकका सम्पादक मनोज यादवले जाकारी दिए ।

दोस्रो चरणमा मलंगवा प्रवेश गर्ने नाकाहरू गम्हरिया(पेट्रोल पम्प), भेल्ही नजिक झिम पुल, मलंगवा नपा–२ कृष्णाचौक, नेपाल–भारत सिमानाकाअन्तर्गत गोरखकाली प्रहरी चौकी नाकाहरूलगायत जिल्लाका अन्य स्थानिय निकायका बजार, बस्तीहरूमा समेत मास्क वितरण गरिने योजना रहेको बताए ।

नेपाल भारतबीच भएका खुला सिमानाका कारण भएका कारणले सर्लाही कोरोना भाइरसको उच्च जोखिमा रहेकाले मास्क वितरण अभियान सञ्चालन गरेको पत्रकार बख्तियार अलिले जानकारी दिए ।
नेपाल–भारतबीच रोटी बेटीको सम्बन्ध भएका चोरबाटो भएर भारी संख्यामा सुरक्षा मापदण्डबिना आम नागरिकहरूको ओहोरदोहर हुने गरेका छन् । ‘अलिले भने, ‘‘सर्लाहीमा कोरोना महामारीको रुप लिने जोखिम उत्तिकै छन तर स्थानीय सरोकारवाला कोरोना रोकथाम र नियन्त्रणका लागि उदासिन रहेको गुनासो गरे ।’’
मास्क वितरणसँगै मलंगवा नगरभरिका गरिब, दलित तथा अतिविपन्न परिवारका २० जना एकल महिलाहरूलाई न्यानो कम्बल र च्यवनप्रास समेत वितरण गरिएको र अन्य पालिकाका महिलालाई समेत वितरण गर्दै जाने योजना रहेको पत्रकार अलीले जानकारी दिए ।
सर्लाहीका सञ्चारकर्मीहरूले सुरु गरेको मास्क वितरण अभियानको प्रंशसा गर्दै नागरिक अगुवा शिवचन्द्र चौधरी भन्नुहुन्छ, यो अभियानले, ‘सरोकावाला निकायलाई ध्यानाकार्षण गराउनुको साथै कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानिय सरकार र प्रशासनमाथि थप दबाब सृजना हुनेछ’, ‘उनले भने ।
‘‘सर्लाहीका तिनै सुरक्षा निकायका प्रमुखलगायत अन्य कर्मचारीसमेत कोरोनाबाट सक्रमित भए पनि तिनै कार्यलय लगायत अन्य कार्यलयबाट समेत सुरक्षा मापदण्ड पालनामा चरम लापरवाही गर्दै सेवा प्रवाह भइरहेको खबर दुखद् रहेका छन् ।’’
जिल्लाका स्थानीय स्तरमा कोरोनासँग मिल्दोजुल्दो लक्ष्णहरू भएका बिरामी समेत ह्वत्तै बढन थाल्नुको साथै कोरोना महामारी समुदाय स्तरमै फैलिन थालेका छन । तराईमा बाक्लो हुस्सु र चिसो हावा र कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरिन्टका त्रासका कारण आम नागरिकहर प्रताडित भए पनि समस्या समाधानका लागि स्थानिय सरकार तथा प्रशासन उदासीन रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्