Logo

वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंकको रक्तदान कार्यक्रम

५७ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका विभिन्न कार्यालयमा रक्तदान कार्यक्रम आयोजना भएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकाृत कविराज अधिकारीले उपकार्यकारी अधिकृत विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा ११२ जनाले रक्तदान गरेका छन् ।
त्यस्तै बैंकको प्रदेश ज्ञ कार्यालय विराटनगरमा ५१ जना, गण्डकी प्रदेश कार्यालय पोखरामा ५७ जना र लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जमा २९ जना गरी २४९ जनाले रक्तदान गरेका छन् । कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै रक्तदान कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्