Logo

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा शैक्षिक सामाग्री सहयोग

महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिकाको श्री चोइना विणा गुरु गणेश आधारभूत विद्यालयलर्लाइ शैक्षिक सामग्री सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरपालिकाको वडा नं. १४ लोहाचोक मा रहेको सो विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री र खानेपानीको उपकरण वितरण गरेको हो ।
बैंकले प्रदेश–१ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्