च्यासल क्लबका १९ खेलाडीमा कोरोना संक्रमण «

च्यासल क्लबका १९ खेलाडीमा कोरोना संक्रमण

च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आइतबार हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ ।
च्यासलले आफ्ना १९ खेलाडीमा कोरोना देखिएपछि पुलिसविरुद्धको खेल स्थगित गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)सँग प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा एन्फा लिग कमिटीले मेडिकल कमिटीसँग सल्लाह गरी खेल स्थगितको निर्णय गरेको हो । यसअघि च्यासल र पुलिसबीचको खेल आइतबार दिउँसो ४ः४५ बजे हुने तय भएको थियो । सो खेलको नयाँ मिति चाँडै तय गरिने एन्फाले जनाएको छ ।
लिगअन्तर्गत नवौं चरणको अन्तिम खेल जावालखेल युथ क्लब र एनआरटीबीच पूर्वनिर्धारित समयअनुसार नै हुने छ । पुलिस आठ खेलबाट सात अंक जोड्दै ११औँ स्थानमा तथा सात खेल नै खेलको च्यासल पाँच अंकका साथ १३औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्