सिद्धार्थ बैंकको चार नयाँ शाखा स्थापना «

सिद्धार्थ बैंकको चार नयाँ शाखा स्थापना

 सिद्धार्थ बैंक आइतबार सुनसरीको गढि गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहिको मर्चवारी गाउँपालिका र तनहुको देवघाट गाउँपालिकामा एकै साथ ४ वटा शाखा स्थापना गरेको छ । यी शाखामार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको नीति निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुने जनाइएको छ । त्यस्तै यी शाखाहरूबाट बैंकका अन्य शाखाहरूबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नुहुनेछ। यी शाखाहरूबाट स्थानीय स्तरमा बैकिङ पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा नै बैंकिङ पुहँच नपुगेका अन्य थप १० गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ । विभिन्न नयाँ शाखाहरूको स्थापनाका साथै बैंकले गठ्ठाघर शाखालाई पर्याप्त पार्किङ र ग्राहकमैत्री वातावरणसहितको गठ्ठाघरमै अवस्थित नयाँ आधुनिकतम भवनमा स्थानान्तरण गरेको छ । बैंकले छिटो, सरल र सहज बैंकिङ सेवा ग्राहक समक्ष पुर्याउने उद्देश्यले उक्त शाखाको स्थानान्तरण गरेको हो । आइतबार एक कार्यक्रमकाबीच बैंकको प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन गरे ।

 

प्रतिक्रिया दिनुहोस्