पूर्व डीआइजी सिलवाल विरुद्ध डिफ्युजन नोटिस जारी «

पूर्व डीआइजी सिलवाल विरुद्ध डिफ्युजन नोटिस जारी

इन्टरपोलले नेपाल प्रहरीका पूर्व डीआइजी तथा नेकपा एमलेका सांसद नवराज सिलवालको खोजी गर्न डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न आइतबार साँझ डिफ्युजन नोटिस जारी गरेको हो । आइजीपी बढुवा सम्वन्धि कार्यसम्पादन मूल्यांकन किर्ते अभियोगमा सिलवाललाई बयानका लागि बोलाउँदा उपस्थित नभएपछि उनीमाथी प्रहरीले डिफ्युजन नोटिश जरी गर्ने सम्म्को एक्सन लिएको हो ।
सिलवालले एक अनलाइन मार्फत आफू ललितपुरको भट्टे डाँडामा रहेको दावी गरेपछि आइतबार दिनभर प्रहरीले उनको खोजी गरेको थियो । तर नभेटिएपछि बेलुका इन्टरपोलले उनलाई फरार सूचीको अभियुक्तमा राख्दै सूचना जारी गरेको हो ।
यो नोटिस जारी भएसँगै अव जुनसुकै मुलुकका प्रहरीले पूर्व डीआइएजी तथा सांसद सिलवाललाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाउन बाटो खुलेको छ । यसअघि प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाठौंको जिम्मा लगाउन निर्देशन दिएको थियो । त्यसअघि ललितपुरको गोदावरी स्थित निवासमा सिलवाल पक्राउ गर्न पुगेको ललितपुर प्रहरीको टोली उनी नभेटिएपछि रित्तो हात फिर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्