हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने «

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले २५ प्रतिशत नगद लाभांश र ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको यस प्रस्ताव साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । कम्पनीले गत आर्थिक वर्षको नाफा तथा संचित मुनाफासमेतबाट आफ्ना सेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्