दाङमा धान उत्पादन वृद्धि

दाङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।
धान खेती हुने क्षेत्रफलमा वृद्धि तथा समयमै वर्षा भएकाले धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जिल्लामा यस वर्ष १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए । गत वर्ष दाङमा १ लाख ६७ हजार ७ सय मेट्रिक टन धान उत्पादन भएको थियो ।
गत वर्ष जिल्लामा धान खेती ३९ हजार हेक्टरमा गरिएको थियो भने यसवर्ष ३९ हजार ४ सय हेक्टरमा धान लगाइएको अर्थ विज्ञ लामिछानेले बताए । खेतीगर्ने क्षेत्रफलसँगै उत्पादन समेत बढेको लामिछाने बताउँछन् । “यस वर्ष समयमा वर्षा हुनु, क्षेत्रफल वृद्धि भएकाले पनि उत्पादन वृद्धि भएको हो” लामिछानेले भने ।
कोभिडको कारण धेरैले रोजार गुमाएको र धेरै नागरिक घरमा बसेको कारण पनि खेती गरेका हुन् । अघिल्ला वर्षहरुमा बाँझोमा पनि कोभिड पछि खेती गर्न थालिएको छ । जिल्लामा पछिल्लो समय कृषकहरुले हाइब्रिड धान खेती गर्न थालेका छन् ।
यसले पनि उत्पादनमा वृद्धि भएको कृषिका जानकारहरु बताउँछन् ।
पछिल्लो समय कृषकले स्थानीयभन्दा पनि हाइब्रिड धान लगाउने गरेका छन् । थोरै क्षेत्रफलमा धेरै उत्पादन लिन सकिने भएकाले हाइब्रिड धानको बिउ लाउने गरेको कृषक बताउँछन् । जिल्लाका पछिल्लो समय सिँचाइको सुविधा विस्तार हुँदै जाँदा उत्पादनमा सहयोग पुगेको ज्ञान केन्द्रले जनाएको छ । समयमा कृषकले मल, बिउ र सिँचाइको राम्रो व्यवस्था तथा उपलब्ध भएमा उत्पादन बढाउन मद्दत मिल्ने समेत बताइएको छ ।
२७ हजार ६ सय ६८ मेट्रिक टन धानमा क्षति
ब्ेमौसमी वर्षाले दाङमा लगाइएको २७ हजार ६ सय ६८ मेट्रिक टन धानमा क्षति पुगेको छ । जिल्लाका १० स्थानीय तहबाट संकलन गरेको तथ्यांकअनुसार उक्त मात्रामा धानमा क्षति पुगको कषि अर्थ विज्ञ लामिछानेले बताए । कृषि ज्ञान केन्द्रका अनुसार ४ सय ७८ हेक्टर धान बगाएको थियो भने ८ हजार ५ सय २१ हेक्टर धान ढालेर क्षति पु¥याएको ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका अनुसार बबइ गाउँपालिकामा ५ सय २.५ हेक्टर धानमा क्षति पु¥याएको थियो । उक्त क्षेत्रमा २ हजार १ सय २८ हेक्टरमा धान खेती गरिएकोमा १ सय ४० हेक्टर काटेको धान बगाएको थियो भने ३ सय ६२.५ हेक्टर ढालेर क्षति पु¥याएको हो ।
शान्तिनगर गाउँपालिकामा ७ सय ६१.३ हेक्टर धानमा क्षति पु¥याएको थियो । उक्त गाउँपालिकामा २ हजार ७ सय ३० हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७ सय ६१.३२ हेक्टर धान ढालेर क्षति पुगेको हो । दंशीशरण गाउँपालिकामा १ हजार १ सय २३.५ हेक्टरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा ४ हजार ३ सय १० हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७.५ हेक्टरमा काटेको धान बगाएको थियो । १ हजार १ सय १६ हेक्टरमा धान ढालेर क्षति पु¥याएको थियो ।
यसैगरी तुलसीपुर उपमहानगरपालिकामा २ सय ७५ हेक्टरमा क्षति पुगेको थियो । उक्त उपमहानगरपालिकामा ६ हजार ८ सय ४० हेक्टरमा धान खेती गरिएको थियो । जसमा २ सय ७५ हेक्टरमा लगाइएको धान ढालेर क्षति पुगेको होे ।
घोराही उपमहानगरपालिकामा १ हजार ९ सय ५८.८ हेक्टरमा क्षति पुगेको थियो । उक्त उपमहानगरपालिकामा ८ हजार ३ सय २० हेक्टरमा खेती गरिएको थियो । जसमा १ हजार ९ सय ५८.८ हेक्टरमा धान ढलेर क्षति पुगेको हो ।
बंगलाचुली गाउँपालिकामा १ हजार ७९ हेक्टरमा धान क्षतिपुगेको थियो । उक्त पालिकामा १ हजार ७ सय ३० हेक्टरमा धान खेती गरिएको थियो । जसमा १ हजार ७९ हेक्टरमा धान ढालेर क्षति भएको हो । लमही नगरपालिकामा १ हजार ४ सय ३२ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ । उक्त नगरपालिकामा २ हजार ७ सय ३५ हेक्टरमा धान खेती गरिएको थियो । जसमा १ हजार ४ सय ३२ हेक्टरमा धान ढालेर क्षति भएको हो ।
त्यसैगरी राप्ती गाउँपालिकामा ७१.८ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा ६ हजार ७ सय १४ हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७१.८ हेक्टरमा धान ढालेर क्षति पुगेको हो । गढवा गाउँपालिकामा ९ सय १९.७ हेक्टरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा २ हजार १ सय ७५ हेक्टरमा धान खेती गरिएकोमा १ सय ११.६७ हेक्टरमा लगाएको धान बगाएर क्षति पु¥याएको थियो । यस्तै ८०८ हेक्टरमा लगाएको धान ढालेर क्षति पुगेको थियो ।
राजपुर गाउँपालिकामा ८ सय ७५.३ हेक्टरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा १ हजार ७ सय १८ हेक्टरमा धान खेती गरिएकोमा २ सय १८.६८ हेक्टरमा काटेको धान बगाएर क्षति पुगेको हो । ६ सय ५६.५९ हेक्टरमा लगाएको धान ढालेर क्षति पु¥याएको हो ।