सेयर बजारमा राजनीतिज्ञको भनाइ र प्रभाव
नेपालमा राजनीति र अर्थतन्त्रबीचको अवस्था त्यति सहज नभए पनि पछिल्ला महिनामा सेयर बजारको अवस्थाले यस्तो अवस्था सिर्जना गरेको देखिन्छ ।
अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजीबजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको र केही राजनीतिक दल र लगानीकर्ताहरूले आपत्ति जनाएका छन् । यो भनाइपछि पुँजीबजार नेप्से सूचकांकमा क्रमिक कमी आएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षले हालै पुँजीबजारलाई साम्राज्यवादको विकसित रूप भन्नु एकदमै सही भएको उनको सचिवालयले थप स्पष्ट पारेको छ । प्रचण्डका सचिवालयले सामाजिक सञ्जाल ट्विटरमा पुँजीबजारबारे अध्यक्ष प्रचण्डले राखेको सैद्धान्तिक विषय एकदम सही रहेको बताएका हुन् । ‘यद्यपि अहिलेको नेपाली पुँजी र सेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न पार्टीले सचेत पहल र प्रयत्न गर्ने विषयलाई हामी स्पष्ट गर्न चाहन्छौँ’ भन्ने विज्ञप्ति जारी गरेका छन् ।
सिद्धान्तमा, सेयर बजारले लगानीको स्तर र उत्पादकत्व बढाएर आर्थिक वृद्धिलाई बढावा दिन्छ । तिनीहरूले बचत दर बढाउँछन् र बचतको कुशल वितरण पनि बढाउँछन् । फलस्वरूप, अधिक बचत कर्पोरेट क्षेत्रमा जान्छ र आर्थिक वृद्धि अपेक्षित हुन्छ ।
सेयर बजार वृद्धि र आर्थिक वृद्धिबीच एक सकारात्मक सम्बन्ध छ, तर बीचमा, कहिलेकाहीँ खुला प्रश्नहरू उठ्छन् । केवल दोहो-याउनका लागि एसियाली, अफ्रिकी र युरोपेली देशहरूमा सेयर बजारहरू २००८ को विश्वव्यापी वित्तीय संकटको परिणामका रूपमा जोखिममा थिए र आर्थिक वृद्धिको नकारात्मक प्रभाव चिन्ताजनक थियो ।
विगतमा नेपालको वास्तविक अर्थतन्त्र कमजोर हुँदा पनि किन बढ्यो सेयर बजार ? एउटा कारक लगभग स्पष्ट छ : सेयर बजारले साना व्यवसाय र कम आय भएका सेवा–व्यवसायहरूमा अपेक्षाकृत ठूलो प्रभाव पार्छ । उदाहरणका लागि, स्टक बजार अगाडि हेर्दा, प्रभावकारी कोभिड–१९ खोपहरूको सफल प्रयोग, आगमन र मौलिक रूपमा सुधारिएको परीक्षण र उपचार विकल्पहरूका बारेमा आशावादले हालको स्टक मूल्यहरू बढाउन सक्छ ।
केही लगानीकर्ताहरूका अनुसार लगानीकर्ताहरूले सचेत भएर राजनीतिप्रतिको लगाव घटाउँदै छन् भने यो राम्रो सङ्केत हो । सेयर बजार राजनीतिले मात्र नभई विश्वभरका अन्य नीतिगत निर्णयहरूले पनि प्रभावित हुन्छ । तर, नेपालमा राजनीतिक अस्थिरता दोहोरिरहँदा त्यसको तत्काल प्रभाव सेयर बजारमा परे पनि राजनीतिक दलहरूले बढ्दो सेयर बजारलाई लगानीकर्ताले राजनीतिज्ञहरूलाई दिएको सन्देशका रूपमा लिनुपर्ने सन्देश पनि हो ।
नेपालमा राजनीति र अर्थतन्त्रबीचको अवस्था त्यति सहज नभए पनि पछिल्ला महिनामा सेयर बजारको अवस्थाले यस्तो अवस्था सिर्जना गरेको देखिन्छ । त्यसैगरी पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निजी क्षेत्रबाट माग नहुँदा लगानीयोग्य रकम सञ्चित हुनु र सस्तो ब्याजदरका कारण र ब्याजदर बढ्दा समेत पनि सेयर बजारमा लगानी बढेको हो ।
जसरी ब्याजदर बढेमा सेयर बजार घट्छ र ब्याजदर घट्दा सेयर बजार बढ्छ भने ब्याजदर र सेयर बजारबीचको सम्बन्ध सधैं उल्टो हुन्छ भन्ने मान्यतासमेत नेपालमा सही नरहेको देखियो । यो स्पष्ट छैन कि बजारमा कम ब्याजदरहरूको कहिल्यै अन्त्य नहुने निरन्तरताको आशा गर्नमा सही छन् । यद्यपि, दीर्घकालीन प्रतिकूल आपूर्ति प्रभावहरू, विशेष गरी ‘विश्वव्यापीकरण’ ले विश्वव्यापी माग सुधार भएपछि दीर्घकालीन संरचनात्मक परिवर्तनहरू निम्त्याउन सक्छ । जीडीपी र बजार पुँजीकरणको अनुपात— स्टक मूल्य सूचकांकमा भएको परिवर्तनको तुलनामा स्टक बजारको विकास गर्ने उत्तम तरिका— यो थियो कि केही उदीयमान अर्थतन्त्रहरू २००८ मा ४० प्रतिशतभन्दा बढी घट्यो । तर स्टक बजारको वृद्धि वा गिरावटले के गर्छ ? आर्थिक वृद्धिमा फरक ?
सेयर बजारका बारेमा थाहा नभएका सर्वसाधारणले सेयर बजारलाई क्यासिनो मान्छन् । तर, पर्याप्त नीति र सुधारका कारण यी देशको आर्थिक वृद्धिमा सेयर बजारले महŒवपूर्ण भूमिका खेल्न सक्छ । पुँजी उत्पादन र वितरणको आर्थिक सिद्धान्तमा यसले यस्तो प्रभावशाली स्थान ओगटेको छ कि आर्थिक विकासको सिद्धान्त र अभ्यासमा कम्तीमा पनि उत्तिकै महत्वपूर्ण स्थान हुनु स्वाभाविक हो । ऐतिहासिक वा विश्लेषणात्मक वा नीतिगत दृष्टिकोणबाट, यो पुँजी सञ्चयको प्रक्रिया हो । समग्रमा, उच्च सकारात्मक र महत्वपूर्ण सहकार्यले आर्थिक वृद्धि र पुँजी सञ्चय र पुँजीबजारमा जोडले पुँजीको अभाव भनी वर्णन गर्न सकिने अवस्थामा पनि द्रुत आर्थिक वृद्धि गर्न सहज हुने कुरा औंल्याइएको छ । माथि उल्लिखित आर्थिक वृद्धि प्रक्रिया र पुँजी सञ्चयको प्रक्रियाबीचको सम्बन्धले आर्थिक विकासका पहिलेका सिद्धान्तहरूलाई निम्त्याएको छ र आधुनिक अर्थशास्त्रीहरूको काम पनि पुँजी पर्याप्त छ कि छैन भनेर सीमित हुने अपेक्षा गरिएको छ ।
पुँजी निर्माणको उच्च दरले सामान्यतया उत्पादन र आम्दानीमा द्रुत वृद्धि गराउँछ, तर अतिरिक्त पुँजी निर्माणले उत्पादनको वृद्धिमा समान गति प्रदान गर्दैन । पुँजीबजारमा प्रयोग हुने तरिकामा पनि यसले ठूलो प्रभाव पारेको छ ।
पुँजीबजार सबै वित्तीय साधनहरूका लागि महत्वपूर्ण छ, चाहे त्यो अल्पकालीन होस् वा दीर्घकालीन वा व्यावसायिक, औद्योगिक र सरकारी वित्तीय साधनहरू ।
पुँजीबजार भन्नाले स्टक, डिबेन्चर, ऋणपत्र, इत्यादिमा उपलब्ध विभिन्न साधनहरूमार्फत सबै संस्थाहरू र मध्यम र दीर्घकालीन कोष सङ्कलन गर्ने संयन्त्रहरूलाई जनाउँछ । यी बजारहरूमा निजी क्षेत्र र सार्वजनिक क्षेत्रका कर्पोरेटहरू दुवैले अर्बौं रुपैयाँ उठाउँछन् । पुँजीबजारका प्रमुख अंगहरू स्टक एक्सचेन्ज, बैंक, लगानी कोष र कम्पनीहरू, विशिष्टीकृत वित्तीय संस्था वा विकास बैंक, म्युचुअल फन्ड, बचत बैंक, गैर–बैंकिङ वित्तीय संस्था आदि हुन् ।
यसबाहेक, नेपाल स्टक एक्सचेन्जको स्थापनाले नेपालको पुँजीबजारको काममा उल्लेखनीय परिवर्तन ल्याएको छ, विशेष गरी ९० को दशकमा अवलम्बन गरिएको उदारीकरण नीति र केही वर्षअघि व्यापारको स्वचालन र केन्द्रीय निक्षेप प्रणालीको सञ्चालनबाट । कीर्तिमानी उचाइमा पुगेको नेपालको सेयर बजारको वृद्धिले पनि निरन्तरता पाएको थियो ।
सेयर बजार मापन गर्ने नेप्से परिसूचकमा उल्लेख्य वृद्धि भएको छ भने कारोबार रकम पनि बढेको छ । यसैबीच, नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेको अनलाइन ट्रेडिङ प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने भएकाले सेयर बजारमा लगानीकर्ताको सहभागितामा उल्लेख्य वृद्धि भएको जनाएको छ । बोर्डका अनुसार धितोपत्र बजारको विकास र बोर्डले गरेको सुधारका कामका कारण धितोपत्रको प्राथमिक बजारमा ४० लाखभन्दा बढी लगानीकर्ताको रहेको जनाएको छ, जुन कुल जनसंख्याको करिब १३ प्रतिशत हो ।
मौद्रिक नीतिहरूमा सरकारले हस्तक्षेप नगर्ने हाम्रो परम्परा हो । सेयर बजारमा साना लगानीकर्ताहरूको ऋणमा पहुँच पुगोस्, एकातिर केही मानिसले बैंकको पैसा सेयर बजारमा लगेर करोडौं÷अर्बौं कमाउने र अर्कातिर साना लगानीकर्ताहरू भने ठगिने स्थिति नआओस् भन्नेमा जोड हुनुपर्छ । ४-१२ को नीति आएपछि कति साधारण लगानीकर्ताले ऋण पाए, उक्त नीति कत्तिको प्रभावशाली भयो भन्नेबारेमा अझै तथ्यांकको प्रतीक्षामा रहेको छ । सो सार्वजनिक होला नै ।
आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी सेयर बजारलाई साम्राज्यवादको विकसित रूपको संज्ञा दिने कार्य उच्च राजनीतिक नेतृत्वमा रहेको व्यक्ति र आफूले नेतृत्व गरेको संस्थाको सोचाइको उपज हुन सक्छ, तर त्यसको प्रभाव लगानीकर्तामा कसो पर्छ, सोको पूर्व मूल्यांकन हुनुपर्ने हो ।
पुँजीबजार कुनै बाह्य प्रभावबिना आफ्नै लय र गतिमा चलायमान हुनुपर्ने र बजार दुर्घटनामा प-यो भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्छ र अर्थतन्त्र दुष्चक्रमा फस्न जान्छ भन्ने कुराको समेत हेक्का रहनुपर्छ ।
छिमेकी मुलुक चीनको कुरा गर्दा, सन् १९७८ देखि १९८९ सम्म देङ साओपिङ शक्तिमा आएपछि उनले चीनलाई कुन बाटोमा लगे, कसरी त्यहाँ पुँजीवादको विकास गरे र चीन आज विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ भन्ने पृष्ठभूमिको पनि अध्ययन कम्युनिस्ट नेताहरूले हालको परिप्रेक्ष्यमा गर्न जरुरी छ । यो अवगत नै छ कि चीन आजको अवस्थामा आइपुग्नुमा त्यहाँको पुँजीबजारको ठूलो योगदान रहेको छ । चीनको स्टक एक्सचेन्ज विश्वकै ‘बेस्ट इक्विप्ड’ (सबैभन्दा सुविधासम्पन्न) र अत्याधुनिकमध्येको एक हो । देङले पुँजीलाई चिनेर बुझेर आफ्नो ११ वर्षको नेतृत्वकालमा देशलाई पुँजीवादी व्यवस्थामा लगे ।
अर्को छिमेकी मुलुक भारतलाई नै पनि हेर्ने हो भने पनि त्यहाँको पुँजीबजारले नयाँ कम्पनी आउनका लागि ‘क्यापिटल सप्लाई’ गरिदिन्छ । नयाँ कम्पनी आउनुप-यो, उसलाई पैसा चाहिएको हुन्छ, त्यो पैसा उसले पुँजीबजारबाट उठाउँछ । त्यो पुँजी परिचालन गरेर उसले उत्पादन गर्छ, रोजगारी सिर्जना गर्छ, आम्दानी गर्छ, त्यसमा कर तिर्छ, सरकारलाई राजस्व प्राप्त हुन्छ । यो त एक प्रतिनिधि उदाहरण मात्र हो— पुँजीबजारले कसरी अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्छ भन्ने कुराको ।
पुँजीबजार भनेको कोठामा बसेर कम्प्युटर चलाएर पैसा कमाउने र सानालाई लुट्ने ठग्ने भन्ने हो, जुन बिल्कुलै गलत छ । तर, यो राष्ट्रको आर्थिक विकासका लागि चाहिने पुँजी निर्माण (क्यापिटल फर्मेसन) गर्ने, मूल्य सिर्जना (भ्यालु क्रिएसन) गर्ने माध्यम हो ।
पुँजीबजारलाई भने सूचनाले, कम्पनीको वित्तीय अवस्थाले, मुलुकको आर्थिक अवस्थाले, राजनीतिक कारणले, बजारको अवस्थाले प्रभावित गर्छ । त्यसैले पुँजीबजार धेरै हदसम्म ‘प्रेडिक्टेबल’ हुन्छ ।
नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर भन्छन्, ‘एक जना कम्युनिस्टको नाताले टिप्पणी गलत होइन । किनभने कम्युनिस्टले पुँजीबजारलाई त्यही रूपमा हेरेको हुन्छ । पुँजीलाई कम्युनिस्टले दलाल, साम्राज्यवादी अनेक टिप्पणी गरेर हेर्नुहुन्छ ।
अहिजे ब्याजदरमा राज्यको अंकुश (राष्ट्र बैंकले गरेको) छ, त्यो पनि खुलाबजार अर्थतन्त्रको हिमायती नेपाली कांग्रेसको नेतृत्वमा सरकार भएका बेला । सबै कुरा नियन्त्रण गर्नुपर्छ, सबै राज्यको हातमा हुनुपर्छ, पैसा हुनेहरू दलाल हुन् भन्ने मान्यता राख्ने कम्युनिस्टको पछि लाग्दा एकपछि अर्को आर्थिक विचलन आउन थालेको छ ।
अर्थमन्त्रीले सेयर लगानीकर्तालाई दीर्घकालमा लाभ दिने कम्पनी छानेर लगानी गर्न आह्वान गरेका छन् । अर्थमन्त्रीले कम्पनी चिनेर ढुक्कले लगानी गर्न प्रोत्साहित गरेका हुन् । सेयर बजारमैत्री नीतिगत व्यवस्था गर्ने जिम्मा आफूमाथि छाड्न उनको आग्रह छ । यसबाट पुँजीबजारमा सकारात्मक सन्देश र नीति, कार्यदिशा आदिको परिपालना हुने पूर्ण अपेक्षा राख्न लगानीकर्ता बाध्य हुने स्थिति रहन्छ ।