टण्डनको नेतृत्वमा रेमिटर्स एसोसिएसनको नयाँ कार्यसमिति

नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारणसभाले सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिका चन्द्र टण्डनलाई अध्यक्षमा चयन गरेको छ ।
अध्यक्ष टण्डनको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा रितेश मित्तल, महासचिवमा सञ्जय सिग्देल कोषाध्यक्षमा इन्द्रप्रसाद शर्मा र सचिवमा दिपेन्द्र खनाल चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा प्रविन अधिकारी, दिवाकर पौडेल,सञ्जीव पाठक, चयन भएका छन् ।
संघको विधानतः अध्यक्षबाट मनोनीत हुने २ जना सदस्यमा भने युमा श्रेष्ठ र रामेश्वर सापकोटा मनोनित भएक छन् । नवनिर्वाचित अध्यक्ष टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दै विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए ।
नेपाल मुद्रा विप्रेषक संघले संघको साधारणसभाको अवसर पारेर पूर्वपदाधिकारीलाईसम्मान गरिएको छ ।