Logo

प्रभु बैंकको लाभांश स्वीकृत

प्रभु बैंकले प्रस्ताव गरेको गत आर्थिक वर्ष २०७७-०७८ को लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले बुधवार नेप्सेमार्फत सूचना जारी गरी मंसिर २१ गते राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।
बैंकले गत वर्षको मुनाफाबाट कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैठकले हाल कायम चुक्तापुँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँको आधारमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकको प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेसँगै आगामी वार्षिक साधारण सभामा पारित हुने बाटो खुला भएको छ । बैंकले यस वर्ष गत वर्षभन्दा बढाएर लाभांश प्रस्ताव गरेको हो । गत वर्ष १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि बैंकले ०.५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्