Logo

ग्लोबल आइएमई समुन्नत योजना–१ को इकाईमूल्य समायोजन

ग्लोबल आइएमई समुन्नत योजना–१ को इकाई मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले योजनाले प्रस्ताव गरेको शतप्रतिशत प्रतिफल प्रयोजनका लागि इकाई मूल्य समायोजन गरेको हो ।
योजनाको मंगलबार कायम अन्तिम इकाईमूल्य २०.८८ को आधारमा नेप्सेले शतप्रतिशत प्रतिफलपछिको मूल्य १०.८८ रुपैयाँ तोकेको हो । योजनाले गत आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट इकाईधनीका लागि करसहित शतप्रतिशत प्रतिफल वितरणको प्रस्ताव गरेको हो ।
ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा यो योजना सञ्चालनमा रहेको छ । योजनाले प्रस्ताव गरेको शतप्रतिशत प्रतिफलका लागि मंसिर २२ गते एक दिन बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तोकेको हो । बुक क्लोजको आधारमा मंसिर २१ गतेसम्म कायम इकाईधनीहरुले मात्र योजनाको प्रस्तावित प्रतिफल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्