महामन्त्रीमा गगनको औपचारिक घोषणा «

महामन्त्रीमा गगनको औपचारिक घोषणा

नेपाली कांग्रेसका नेता गगन थापाले भोलि शुक्रबारबाट सुरु हुने महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।
बिहिबार एक कार्यक्रमको आयोजना गर्दै उनले महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका हुन् । उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै भने– ‘म महामन्त्री हुन्छु÷हुन्न, थाहा छैन, तर यही पार्टीभित्र बसेर योगदान पु¥याउनका लागि मैले महामन्त्री पदमा उम्मेदवारी दिएको हुँ ।’ आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै आगामी अधिवेशनबाट कांग्रेसले जनतालाई भरोसा दिनुपर्ने थापाले बताए । उनले नेपालीको अबको बाटो ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुनुपर्ने बताए ।
नेता थापाले कांग्रेस आफ्नो वा कोही एक जनाको लागि जन्मेको पार्टी अरुका लागि जन्मेको पार्टी भएको बताए । नेताहरुले कांग्रेसले चुनाव हा¥यो भने एउटा नागरिकले के गुमाउँछ भनी प्रश्न गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्