Logo

महालक्ष्मी विकास बैंकद्वारा डस्टबिन प्रदान

महालक्ष्मी विकास बैंकको कमाने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हेटौंडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल विकास संस्थालाई २० थान ठूलो डस्टबिन सहयोग स्वरुप प्रदान गरेको छ ।
कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौंडा ११ का कार्यबाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्त डस्टबिनहरु गणेश टोल विकाश संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानिय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आएको जनाएको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, इ कमर्स कार्ड, र डलर कार्ड जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्