Logo

नेप्से ५३.०९ अंकले गिरावट

सेयर बजार मापक नेप्सेमा बुधबार पनि भारी अंकले गिरावट आएको छ ।
नेप्से दुई सातादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको छ । मंगलबार नेप्से परिसूचक ३७.१८ अंकले गिरावट आएको थियो । बुधबार पनि सेयर बजार ५३.०९ अंकले घटेर २ हजार ४५५.८१ अंकमा सीमित भएको छ । यस दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.३३ अंकले घटेर ४६४.८० विन्दुमा झरेको छ ।
मंगलबार कारोबारका आएका २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता सेयर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० सय रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको सेयर कारोबार भएको थियो ।
बुधबारको कारोबारमा नेप्सेका १३ उपसमूह सबै राताम्मे देखिएको छ । बैंकिङ २६.१३, विकास बैंक १५१.२१, जलविद्युत ८९.३५, फाइनान्स ७३.४२, निर्जीबन बिमा २३५.६९, जीवन बिमा २९४.४४ उत्पादन तथा प्रशोधन १७०.५६, माइक्रोफाइनान्स समूहको उपसूचक १२५.६२ अंकले घटेको छ ।
बजार घटेपनि आजको कारोबारमा ७ कम्पनीको सेयर मूल्य भने बढेको छ । स्ट्यान्डर्ड चार्टड बैंक, मैलुङखोला जलविद्युत, नेपाल एसबीआई बैंक र अजोड इन्स्योरेन्सको सेयर मूल्य बढेको छ । यसैगरी सूर्योदय लघुवित्त, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त र सामलिङ पावर कम्पनीको सेयर मूल्य घटेको छ । यस दिनको कारोबार सबै भन्दा बढी कारोबार नेशनल हाइड्रोपावरको ११ करोड ८८ लाख र नेपाल टेलिकमको १० करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्