वेस्टर्न युनियनको बम्पर विजेता घोषणा

वेस्टर्न युनियन मनि ट्रान्सफरले दसैं, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ ।
कम्पनीले गरेको लक्की ड्रमा मस्तकला नेपाली बिक विजेता घोषित भएकी हुन् । उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्टमध्ये नबिल बैंकको सब–एजेन्ट मुक्तिनाथ विकास बैंकबाट कारोबार गरेकी थिइन् ।
उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रुपमा ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।
दसैं, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कात्तिक २५ सम्म लागु गरिएको थियो । यस योजनामा ८ हप्तासम्म हरेक हप्ता ५ भाग्यशाली विजेताहरुले २० हजार रुपैयाँ पनि जितिसकेका छन् ।
नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– एटीटी रेमिट, सीजीफिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब– एजेन्टमार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।