Logo

एनआईबीएल एस क्यापिटलले थाल्यो च्याटबोट सेवा

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै च्याटबोट सेवा सञ्चालन गरेको छ । समयअनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकवर्गहरुको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा ल्याइएको क्यापिटलले बताएको छ ।
यस च्याटबोट सेवाबाट ग्राहकहरुले कम्पनीको सेवाहरुको बारेमा सजिलैसँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थितिविना नै सेवा लिन सहज हुन सक्ने कुरामा एनआईबीएल एस क्यापिटलले विश्वस्त रहेको बताएको छ ।
परिष्कृत सेवा सुबिधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिनसक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ ।
यसअघि कम्पनीले विद्युतीय प्रणालीमार्फत एनआईबीएल सहभागिता फण्ड (खुलामुखी योजना)का इकाइहरु खरिद गर्नुका साथै डिम्याट खाता खोल्ने तथा मेरो सेयर दर्ता गर्ने सेवासमेत सुचारु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्