Logo

भारतमाथि पाकिस्तानको प्रत्याक्रमण

नयाँ दिल्ली-भारतीय वायु सेना (आईएएफ) को मिराज २००० ले भारत र पाकिस्तानी सीमा रेखा (एलओसी) मा आतंकवादीको क्षेत्रमा बमबारी गरेपछि पाकिस्तानी एफ–१६ पनि बदलाको कारबाहीमा उत्रिएको छ । तर भारतीय फरमेसनको आकारका कारण फर्किएको आइएएफ स्रोतलाई उद्र्धृत गर्दै एएनआईले जनाएको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ । उद्यपि आक्रमणको बारेमा कुनै पनि आधिकारिक पुष्टि भने भएको छैन । वेस्टर्न एयर कमाण्डले समन्वयात्मक अपरेसनमा विहानै आक्रमण गरेको विश्वास गरिदै आएको छ ।
पाकिस्तानले पनि आफ्नो जेट परिचालन गरेपछि भारतीय जेटले पेलोड खसालेको दावी पाकिस्तानले गरेको छ । तर कुनै पनि हताहती र क्षती भएको भने छैन ।
फेब्रुअरी १४ मा काश्मिरमा आत्मघाती बम विष्फोट भएपछि दक्षिण एसियाका दुई परमाणु अस्त्र सम्पन्न मुलुकबीच तनाव बढेपछिको अवस्थामा यो आमने सामनेको अवस्था आएको हो । उक्त आक्रमण पाकिस्तानलाई आधार बनाएर आफ्नो गतिविधि सञ्चालन गर्दै आएको समूहले गराएको थियो । आत्मघाती आक्रमणमा ४० भारतीय अर्ध सैन्य बलको मृत्यू भएको थियो । नयाँ दिल्लीले यो आक्रमणको दोष इश्लामावादमाथि लगाएको छ भने पाकिस्तानले यसको अस्वीकार गर्दै आएको छ ।
“भारतीय विमानले मुजफरावादबाट घुसपैठ गरेको छ,”पाकिस्तानी सेनाका प्रवक्ता जनरल असिफ घाफोरले ट्वीटरमार्फत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्