‘छोरी पञ्चायत’ कार्यक्रममा अधिकार माग

नेपालमै पहिलो पटक आयोजना भएको ‘छोरी पञ्चायत’ कार्यक्रममा बालिकाले सामाजिक, आर्थिक र राजनीतिक अधिकारको माग गरेका छन् ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको बोहरे गाउँमा देशकै पहिलो ‘छोरीपञ्चायत’ कार्यक्रम सम्पन्न भएको छ । भारतबाट महिला अधिकारको आवाज उठाउने सुनिल जगलानले नेपालमा बालिकाको अधिकारको लडाइँ सुरु गर्न निकै रमाइलो ढंगले छोरी पञ्चायत कार्यक्रमको आयोजना गरेका थिए, जसमा विद्यालयका छात्राबाहेक वरपरका गाउँका महिलाले पनि सहभागिता जनाएका थिए ।
पञ्चायतको अन्त्यमा २० वर्ष नपुग्दै युवतीसँग विवाह गर्नेलाई ३ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना गर्ने सामूहिक निर्णय भएको थियो । यसका साथै यसमा संलग्न व्यक्तिलाई जरिवानासँगै सजायको व्यवस्था हुनुपर्छ । यसका साथै छोरीहरूलाई उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक अधिकार पनि दिनुपर्छ ।
छोरी पञ्चायतका संयोजक सुनिल जगलानको विभिन्न संघसंस्थाले यो अभियानलाई सकारात्मक परिवर्तनको आधार मानेका छन् । सन् २०२१ को जुन महिनामा नेपालमा ‘सेल्फीविथ डटर’ अभियान सुरु गरिएको थियो, जसलाई निकै मन पराइएको छ र सेल्फीविथ डटरका तीन विजेतालाई २१ हजार, ११ हजार र ५१ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।