Logo

मध्य भोटेकोसीको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

मध्य भोटेकोसी जलविद्युत कम्पनीले सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि मध्य भोटेकोसी र क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।
सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् । सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड तथा जारी पुँजी ६ अर्ब रहेको छ ।
सर्वसाधारण समुहतर्फ छुट्याइएको ४९ प्रतिशत सेयरमध्ये कर्मचारी सञ्चय कोषमा रकम सञ्चकर्ता कर्मचारीहरु, संस्थापक सेयरधनी संस्थाहरु क्रमशः चिलिमे जलविद्युत कम्पनी, नेपाल विद्युत प्राधिकरण, नेपाल अरनिको हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी तथा सिन्धु भोटेकोसी हाइड्रोपावर र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीलाई प्रथम चरणमा २४ प्रतिशत सेयर यसअघि नै निष्कासन गरी बाँडफाँट गरिसकिएको छ ।
बाँकी २५ प्रतिशत सेयरमध्ये आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि १० प्रतिशत अर्थात ६० करोड र सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात ९० करोड बराबरको सेयर हालैसार्वजनिक निष्कासन गरी बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्