Logo

भारतलाई इमरानको धम्कीः पाकिस्तानसँग निउ नखोज्नु

इश्लामावाद-पुलवामा आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव उचाइमै पुगेको छ । यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतलाई खुला धम्की दिएका छन् । पुलवामा हमलापछि खानले पहिलो पटक मिडियमा बोल्दै मंगलबार आफ्नो बक्तव्य दिएका थिए । उनले भनेका छन्,“यो आतंकवादी षडयन्त्रका पछाडि पाकिस्तानको कुनै हात छैन । म आतंकवादको विषयमा भारतसँग वार्ताका लागि तयार छु ।” यद्यपि पछिल्लो समयमा आएर उनले फेसबुकमै पोष्ट गरेर भारतलाई खुला धम्की दिएका छन् ।
इमरानले लेखेका छन्,“हामीसँग नटकराउनु ।” यो पोष्टमा इमरानको पछाडि पाकिस्तानी झन्डा पनि देखिएको छ । यसका साथसाथै पुलवामा हमलाको सम्बन्धमा जारी उनको भिडियो सन्देशमा केही लेखेका छन् । “यदी भारतले पाकिस्तानमा हमला गर्छ भने यसको जवाफ दिनका लागि हामी बिचार पनि गर्दैनौ,”उनले लेखेका छन् । “हामी सबैलाई थाहा छ कि लडाइ सुरु गर्न सजिलो छ, तर अन्त्य गर्नका लगि अत्यन्त मुश्किल हुनेछ,” नउको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्