निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन

राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको बसन्तपुर–म्याङलुङ खण्डको काम जतिसक्दो चाँडो सम्पन्न गर्न तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले निर्माण कम्पनीलाई निर्देशन दिएका छन । जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला बीचको छलफलको आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू तोकिएको समय भित्रमा सम्पन्न गर्न निर्माण कम्पनीहरूलाई निर्देशन दिएका हुन् ।
तोकिएको समयभित्र जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न नगरेमा कारबाही गरिनेसमेत प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत सबै निर्माण व्यवसायीहरूले तोकिएको समय भित्र तोकिएको गुणस्तर कायम गरी महिनाको दुई पटक प्रगति प्रतिवेदन पेश गर्न प्रजिअ घिमिरेले निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन ।
‘प्रत्येक हप्तामा सडक अनुगमन हन्छ’, उनले भने, ‘कामको सुस्तता भएमा कारबाहीको प्रक्रिया अगाडि बढ्नेछ ।’ आफु तेह्रथुमजिल्लाप्रवेश गर्दा सडकको जुन सास्तीथियो, कार्यकाल सकिएर फर्किदा सुविधासम्पन्न सडक भइसक्ने प्रजिअ घिमिरेले विश्वास ब्यक्त गरेका छन् । योभन्दा अगाडि प्रसाशन कार्यालयमा गरिएका निर्णयहरू लागू नभएको बताउँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले यसपटकको निर्णय र प्रतिबद्धतालाई हेलचक्राई नगर्नसमेत सुझाब दिएका छन् ।
निर्णयलाई बेवास्ता गर्ने निर्माण कम्पनीलाई कडा कारबाही गरिने उनले चेतावनी दिएका छन् । राजमार्ग निर्माणका क्रममा खानेपानीको पाइप, बिजुलीको पोल, तार व्यवस्थापन गर्न पनि सम्बन्धित सरोकारवालाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्दा आई पर्ने समस्याहरूलाई सहजीकरण गर्र्ने म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्वाहाङफेले प्रतिबद्धता जनाएका छन् । समयमै काम सम्पन्न नगर्दा बर्खा याममा सडक हिलाम्मे भएर यातायातका साधन चल्नन सकेको यातायात व्यवसायीको गुनासो छ ।
मध्यपहाडी राजमार्ग म्याङलुङ बसन्तपुर सडक अन्तर्गतश्रीदले खाने पानि उपभोक्ता समिति, म्याङलुङ खानेपानि उपभोक्ता समिति र तम्फुला खानेपानी उपभोक्ता समितिले उक्त सडकखण्डमा पर्ने आ–आफना समितिका खानेपानी पाइपहरू व्यवस्थापन गर्नुपर्नेसमेत निर्णय भएको छ ।
निर्माण व्यवसायी र आयोजना कार्यलयले उक्त पाइप व्यावस्थापन गरेपश्चात म्याङलुङ बजारको जिरो पोइन्ट सडक निमार्णको कार्यलाई अगाडि बढाउने भएको छ । यसका लागि पाइपको व्यवस्था पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाले गर्ने र प्राविधिक सहयोग खानेपानी उपभोक्ता समितिले गर्ने जनाइएको छ । छलफलमा सहभागी पुष्पलाल मध्यपहाडी लोकमार्गका इन्जिनियर मनिषमान शाक्यले म्याङलुङ–बसन्तपुर सडकखण्ड आगामी चैत मसान्तसम्ममा कालोपत्रे भइसक्ने बताए । तीनै सण्डका निर्माणका व्यवसायीका प्रनिनिधिले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । सडकका अवरोधहरू हटे कामको गति बढ्ने कम्पनीका कन्ट्रयाक म्यानेजर दिनेश श्रेष्ठले बताए । बसन्तपुर– म्याङलुङ खण्ड अन्र्तगतजिल्लाको सदरमुकामम्याङलुङ जोड्ने सडक दुई लेनको स्तरमाकालो पत्रे गर्नका लागि अर्थ मन्त्रालयबाट २ अर्ब ७ करोड रकम बिनियोजन भएपछि खुसी भएका यहाँका नागरिकहरू निर्माण व्यवसायीको सुस्त गतिले निरास छन् । बसन्तपुर म्याङलुङ सडक खण्डको ३ खण्डमा विस्तारको काम भइरहेको छ ।
उक्त खण्ड अन्र्तगत पहिलो खण्डले कालोपत्रेको काम सुरु गरिसकेको छ भने दोस्रो र तेस्रो खण्डले अहिलेसम्म सडकको ट्राक खोल्ने कामसमेत नसकेको जिल्लावासीको गुनासो छ । बसन्तपुर म्याङलुङ सडक खण्डको पहिलो खण्ड कालिकाभभेश्वर जेबी कन्ट्रक्सनले कालोपत्रे गर्ने काम सुरु गरेको छ भने दोस्रो खण्डको लसुने–जिरिखिम्ती बगाले सडकखण्ड १० दशमलव ५ किलोमिटर आशिष आश्रय जेभी निर्माण सेवाले धमाधम सडक विस्तार गर्ने र बेस बिछ्याउने काम गरिरहेको छ ।