ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ अभियान सुरु «

ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ अभियान सुरु

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार गर्न देशव्यापी वित्तीय साक्षरता अभियान सुरु गरेको छ । बैंकले बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको सुरु गरेको हो ।
स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पु¥याउने उद्देश्य बैंकको छ । उक्त अभियानका लागि बैंकले आफ्ना २८६ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाउने जनाएको छ ।
अहिले डिजिटल बैंकिङको प्रयोग र यसका फाइदाबारे जानकारी दिन जरुरी रहेको बैंकले जनाएको छ । यस्तो कार्यक्रमको आयोजना गरेकोमा स्थानीयले बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्