ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालन «

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालन

ग्लोबल आइएमई बैंकले बुधबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ ।
बैंकले काठमाडौंको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध भएको बैंकले जनाएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले देशका ७६ जिल्लामा फैलिएको २८६ शाखा सञ्जालसहित २५२ एटीएम, ४८ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २६२ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्