राज्यले पनि आन्तरिक पर्यटन प्रबद्र्धन गरिरहेको छ «

राज्यले पनि आन्तरिक पर्यटन प्रबद्र्धन गरिरहेको छ

चन्द्र रिजाल
उपाध्यक्ष, नेपाल पर्यटन बोर्ड


कोरोना महामारीको जोखिमका कारण गत दुई वर्षयता पर्यटन व्यवसाय प्रायः ठप्प छ । पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम कम भएसँगै नेपालमा पर्यटकका लागि अन अराइभल भिसा उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । पर्यटन बोर्डले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ भने बिस्तारै पर्यटन व्यवसायलाई चलायमान बनाउनका लागि आवश्यक पर्ने स्रोत, साधन र व्यवस्थापकीय काम गर्न आन्तरिक रणनीति नै बनाएर अघि बढेको छ ।
गत वर्ष नेपाल सरकारले नेपाल भ्रमण वर्ष–२०२० घोषणा गरेको थियो । तर, चीनको वुहान सहरमा २०१९ को डिसेम्बर अन्तिममा कोरोना महामारी देखिएर विश्वभर फैलिएसँगै नेपाल भ्रमण वर्ष पनि सफल हुन सकेन । जसका कारण पर्यटन बोर्ड अब फेरि नेपाल भ्रमण वर्षझैँ पुनः अर्को कार्यक्रम ल्याएर नेपालमा पर्यटनको क्षेत्रमा प्रवद्र्धन गर्ने लक्ष्यका साथ अघि बढेको छ । यसै सम्बन्धमा केन्द्रित रहेर नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालसँग गरेको कुराकानीको सार :

चाडपर्वका बेला पर्यटन क्षेत्रलाई हेर्दा एक किसिमले उत्साह जगाउने खालको जस्तो देखियो, यसलाई कसरी हेर्नुहुन्छ ?
एउटा, मानिसहरू अहिले कोभिड–१९ ले गर्दा अलिकति उकुसमुकुस भएका छन् । दुई वर्षजति झन्डै घरमा बसिरहेको हुनाले मान्छे बाहिर निस्कनु स्वाभाविक कुरा पनि भयो । अर्को, पछिल्लो अवधि पर्यटकीय गतिविधिमा मान्छेहरूको अलि बढी चाहना भएको हुनाले पनि यो एकदम राम्रो कुरा हो ।
आन्तरिक पर्यटन नै मुलुकका लागि अलि बढी आवश्यक हुने स्थितिमा अगाडि बढेको हो भन्ने सकारात्मक पाटोबाट हेर्न सकिन्छ । यसले समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउन पनि मान्छेलाई अलिकति फ्रेस बनाउने, बिदाबाट बाहिर निस्कँदा अलिकति घुम्ने, अलि रमाइलो गर्ने, परिवारसँग बस्ने, त्यो वातावरण पनि बनाउने, त्यो एउटा राज्यले पनि पछिल्लो अवधि अलिकति बढी आन्तरिक पर्यटनलाई नै अगाडि बढाउने भनेर बिदाको जुन १० दिने पर्यटन बिदा भनेर कर्मचारीहरूलाई दिने कुरा जुन बजेटमा ल्यायो, त्यो कारणले अब आउँदा दिनमा हामी अन्तर्राष्ट्रिय पर्यटनमा मात्र अथवा हिजो त गोरा छालालाई मात्र पर्यटकका रूपमा हेरिन्थ्यो, त्यो होइन रहेछ । त्यो त आन्तरिक पर्यटन आफैँ पनि एक ठाउँबाट अर्को ठाउँमा गएर बस्ने घुम्ने, मनोरञ्जन गर्ने कुरा गर्नुपर्दो रहेछ भनेर जनमानसमा पनि अघि बढेको र राज्य पनि त्यो ढंगले प्रस्तुत भएको हो कि भन्ने बुझाइ अहिले पर्यटन बोर्डलाई छ ।

अहिले हाम्रो समग्र पर्यटन क्षेत्रको अवस्था कस्तो छ ?
मैले हेर्दा पोखरामा अहिले ९० प्रतिशत पर्यटक आन्तरिक नै देखिन्छन् । हामीमा यो बीचमा केही संस्थाहरूले हाइकिङका कार्यक्रमहरू गराउनुभयो, त्यो गराइरहँदा कोभिड–१९ ले मान्छेलाई त्यति बढी असर गरेन, उकुसमुकुसचाहिँ भएको हो, तर त्यति बढी नेपालमा कोभिड–१९ ले थला पारेको, एकदम गाह्रो भएको देखिएन ।
आर्थिक रूपमा थला पारेको हो, मेन्टली मान्छेमा त्यस्तो महसुस भएको हो कि भन्ने मलाई लागेन, हामी जताततै त्यो देख्छौँ, त्यसैले मलाई के लाग्छ भने कोभिड–१९ जति मुलुकमा हल्ला गरियो, नकारात्मक भन्न चाहन्नँ मिडियालाई, मिडियाको महŒवपूर्ण भूमिका झनै पर्यटनलाई नै हुन्छ, त्यसलाई सकारात्मक पाटोबाट नै हेर्नुपर्छ, अलिकति बढी हामी आत्मबल कमजोर भएको, नकारात्मक कुरामा अलि बढी प्रचार गर्ने भएर हो कि अलि बढी मान्छेमा, मिडियामा अलि बढी नकारात्मक कुराहरू आए, तर कोभिडले त्यति थला परेको, थला नै पर्नुपर्ने स्थिति थिएन । त्यो कारणले मान्छेहरू अलि त्राहिमाम भएपछि घरबाट निस्कन पनि सकेनन्, राज्य पनि डरायो ।
आफूसँग रिसोर्सहरू नहुने, अन्य क्षेत्र अथवा विदेशबाट आफूले सामानहरू झिकाएर मानव जीवनलाई बचाउनुपर्ने स्थिति हुनाले पनि केही कुरामा बढी निगरानी नै ग¥यो, त्यो कारणले कोभिडले जति क्षति गर्नुपर्ने हो, त्योभन्दा कम नै क्षति गरेको छ । आर्थिक रूपमा तहसनहस बनाए पनि मानिसलाई त्यति असहज छैन, हिजो जोहो गरेर राखेका कुराले पनि यत्रो आम्दानी नहुँदा पनि मानिसले खाएर हिँडेको छ ।
सुरुका दिनमा जे नकारात्मक देख्थ्यौँ, पछिल्ला दिनमा त्यो रहेन । अहिले फेरि पनि म के भन्छु भने कोभिडले त्यति ठूलो प्रभाव पारेको महसुस गरेको मानिसमा देखिँदैन । अब हामी काम गर्न सक्छौँ, हामी आफैँ आत्मबल बलियो बनाएर अगाडि बढ्न सक्छौँ र बढ्नुपर्छ । राज्यले पनि त्यो पाटोमा अलिकति ध्यान दिनुपर्छ, नकारात्मक कुराभन्दा पनि सकारात्मकतातिर जानुपर्छ । अथवा राज्य डराएर राज्यले नै बढी बन्देज गर्ने, लकडाउन गर्ने यस्ता काम गर्नु हुँदो रहेनछ । यसले घाटा हुँदो रहेछ भन्ने महसुस मान्छेमा, नागरिकमा देखिएको छ ।

हामी अब पर्यटनको मौसममा छिर्दै छौं, अब पर्यटन चलायमान हुने भन्छौँ, यसमा हामी सहजकर्ता पनि हौँ, बोर्डले अब कसरी काम गर्छ, के तयारी गर्दै हुनुहुन्छ ?
बोर्डले हिजोका गलत कुराको समीक्षा गरिसकेको छ, हिजो हामीले जानेर÷नजानेर केही गलत कामहरू ग¥यौं, सही ठाउँमा हामीले बजेटलाई लगानी गर्न पनि सकेनौँ, सही गन्तव्य छान्न पनि सकेनौँ, त्यसैले ५३ मा बनेको बोर्डको ऐन, अब संशोधन गर्नुपर्छ भनेर लामो समयदेखि कुरा पनि उठेको छ र अहिले पुराना कुराका गलत कुराका, नजानेका कुराको नयाँ, आधुनिक ढंगले सोचेर बढी आन्तरिक पर्यटनलाई पनि प्रवद्र्धन गर्नुपर्छ भन्ने बोर्डको धारणा गएको छ, त्यही भएर बोर्डको कार्यनीति, रणनीति विकास गरेको छ । अर्को सार्क देश ।
हिजो हामीले गोरा छालालाई धेरै महŒव दिन्थ्यौँ भने अहिले चीन, बंगलादेश, भारतलाई दिएका छौँ । भारतलाई हामीले सुरुदेखि नदिएको त होइन, तर पनि त्यति राम्रोसँग हामीले ध्यान दिएनौँ, स्वतःस्फूर्त रूपमा आउने स्थिति मात्रै भयो । अहिले पछिल्लो अवधिमा बोर्डले चीन, बंगलादेश, श्रीलंकालगायतका हाम्रा छिमेकी राष्ट्रहरू त्यो पनि नजिकबाट गन्तव्यमा अलि कम खर्च हुने, आउन पनि सहज हुने, हाम्रा धेरै कूटनीतिक सम्बन्ध पनि नजिककै सम्बन्धका कारणले रहेको र अरू देशमा त्यो नरहेको हुनाले पनि बोर्डले एउटा आन्तरिक र अर्को सार्कलाई अलि बढी ध्यान दिएर आफ्नो पर्यटन प्रवद्र्धन गरेको छ ।
अर्को देखिने गरी पर्यटन प्रवद्र्धन गरेको छ । हिजो हामी अलि बढी राष्ट्रिय सरकारले बाँडेको बजेटमा गयौँ भने अहिले अलिक उत्पादनमा देखिने र त्यसलाई बाहिर ल्याउन सक्ने तथा एक गाउँ एक गन्तव्य, एक जिल्ला एक महŒवपूर्ण गन्तव्य, एक प्रदेश एक महŒवपूर्ण ठाउँ— त्यो ढंगले हामी अगाडि बढ्नुपर्छ भन्ने किसिमले बोर्डले अहिले बजेट निर्माण गरेर अघि बढेको छ ।
त्यही भएर हामीले सातवटै प्रदेशमा मार्टको अवधारणा ल्याएका छौँ, कहाँ के–के कुराहरू छन्, के–के बेच्न सकिन्छ ? त्यहाँ गोष्ठीहरू पनि गर्ने, त्यहाँ केही आफ्ना उत्पादनहरू पनि ल्याएर देखाउने गरी सातवटै प्रदेशमा लागू गर्ने कुरालाई पनि हामीले अगाडि बढाएका छौँ, बोर्डको धारणा अहिले प्रस्ट ढंगले देखिने र लगानी गर्दा भोलि मानिसले छुन, चुम्न सक्ने, भन्ने ढंगले बोर्डको नीतिहरू अहिले अघि बढिरहेको र पुराना कुराहरूको समीक्षा गर्ने स्थिति छ ।

हामीले पर्यटन क्षेत्रमा लिने रणनीतिहरू कसरी फरक हुन सक्छन्, हामीले हाम्रा सरोकारवालाहरूलाई कसरी त्यो बाटोमा लैजान सक्छौँ र ठूला कार्यक्रमहरू आन्तरिक क्यालेन्डर नै बनाएर गर्न सम्भव नभएको बेला के गर्ने ?
पछिल्लो अवधि थोरै त कोभिड–१९ ले गर्दा हल्का भएको हुनाले हामीले मेला/महोत्सवलाई पनि बिस्तारै खोल्ने भनेका छौँ, यसलाई पूर्ण बन्द गर्ने होइन । अहिले भर्खरै डब्लूटीएम, जो समयमै हुँदै आएको छ र नोभेम्बरमा बेलायतमा हुन्छ, त्यसमा भाग लिनका लागि राष्ट्रिय झन्डालाई पनि प्रदर्शित गर्ने कुरा हो ।
अर्को आफ्नो उपस्थितिलाई पनि संसारका सबै देशका मान्छेहरू त्यहाँ उपस्थित हुने हुनाले नेपाल कोभिड–१९ ले थला प¥यो, ऊ आउन सक्दैन, आएन भन्ने नपार्नका लागि हामीले त्यस्तो अन्तर्राष्ट्रिय, जुन गनिएको मेलाहरूमा पनि हाम्रो सहभागिता छ, अर्को कुरा अब हामी डिजिटल मार्केटमा बढी जानुपर्छ भन्ने अहिले हाम्रो मान्यता पनि छ । किनभने अहिले जमाना पनि डिजिटलाइटको भयो, अर्को कोभिड–१९ ले पनि त्यो स्थिति देखायो । अर्को के पनि छ भने अहिले हामीले प्राकृतिक सुन्दरतालाई बेचेर मात्रै हुँदैन, प्राकृतिक सुन्दरतालाई बेच्दा हिमालमा गएर हामीले नै फोहोर ग¥यौं । हामीले हाम्रा गन्तव्यहरू फोहोर बनायौँ । त्यसैले त्यसलाई अब सफा बनाउनका लागि हामीले हरेक गाउँटोलमा सफा बनाउनुपर्छ ।
अन्तर्राष्ट्रिय मुलुकबाट आउने फोहोरहरू हामी छरपस्ट रूपमा राख्छौँ, त्यसले रोग फैलाउँछ । जसले भोलि अन्य कोभिडजस्तै रोग हामीबाट आयो भने के होला । चीनबाट आएको त चीनलाई त्यत्रो अन्तर्राष्ट्रिय क्षेत्रको दबाब प¥यो । हाम्रो देशबाट भयो भने त भोलि हामी विश्वबाट नै अलग्गिने रूपमा पुग्छौँ । त्यो कारणले पनि हामीले गाउँटोललाई सफा राख्ने भनेर विभिन्न नगरपालिका, गाउँपालिकासँग समन्वय गरेर काम गर्ने सफा बनाउने, प्रकृतिलाई मात्र बेच्ने होइन, अब हामी मानवले नै हामीले बनाएका फोहोरलाई हामीले नै सफा बनाउने अथवा हामीले नयाँ केही उत्पादनहरू सिर्जना गर्नुपर्छ ।
जस्तो हामी अन्तर्राष्ट्रिय क्षेत्रमा जाँदा म्युजियमहरू देख्छौँ, एकै ठाउँमा गएर धेरै कुरा देखेर आउँछौँ, त्यो कुरालाई पनि अघि बढाउनुपर्छ भन्ने बोर्डको अहिलेको रणनीति छ । त्यसमा हामीले लगानी पनि गरेका छौँ । थोरै भए पनि गाउँ, प्रदेश र संघसँग मिलेर काम गर्ने भनेर अघि बढेका छौँ भने सरोकारवालाहरूलाई, जसले पर्यटक बढी ल्याउनुभएको छ, उहाँलाई बढी प्रिजेन्ट (सहभागी) गर्ने, उहाँहरूका उत्पादनहरूलाई पर्यटन बोर्डले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा गरिदिन सकिन्छ कि, ठूला प्रपर्टी होल्डरहरूको लगानी भएको छ, त्यसलाई बजारीकरण, प्रवद्र्धन गर्न सकिन्छ कि भन्ने कोणबाट पनि सानो भए पनि हामीले अहिले रकम छुट्ट्याएर उहाँहरूसँग छलफल गरेका छौँ । विभिन्न मन्त्रालयसँग पर्यटन बोर्डमार्फत नै संयोजन गरेर अब एकल नभएर समूह बनाएर गएर सबैसँग कोर्डिनेसन गरेर अघि बढ्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका छौँ ।

पर्यटन क्षेत्रमा ९० प्रतिशत कोरोना भ्याक्सिन लगाइसकेको भन्ने व्यवसायीहरूको भनाइ छ, तर पर्यटन बोर्डले पर्यटकका लागि यो काफी हो भन्न हिचकिचाएको हो कि भन्ने गुनासो छ नि, यो सत्य हो ?
जे हो त्यही भन्नुपर्छ, यो कुरा बोर्डले गर्न नसकेको नै हो । किन गर्न सकेन भन्दा बोर्डसँग पैसा भएन । त्यो साउटिङ गर्न पनि अहिलेको जमानामा त्यो डिजिटल बजारमै जानुपर्छ । अथवा मिडियाहरूमा नै जानुपर्छ । जस्तो बीबीसी, सीएनएनजस्ता ठाउँमा जानुपर्छ । त्यो ठाउँमा जानलाई खर्च गर्ने विधि पनि हाम्रो सरकारका नियमहरू हुने र समयसापेक्ष ढंगले परिमार्जन नहुने । सार्वजनिक खरिद ऐनलाई हामीले पालना गर्नुपर्ने, पर्यटन बोर्डले अन्तर्राष्ट्रिय क्षेत्रमा त्यो गर्न सक्दैन । किनभने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको खरिद ऐन लागू गरेर काम गर्न त सकिँदैन । यो लामो समयदेखिको विवाद छ । यो कुरालाई नै हामीले लागू गर्न नीतिगत रूपमा पनि केही कुरा परिवर्तन गर्नुपर्छ भनेर हामीले एउटा नियमावली बनाएर अघि सारेका छौँ । हामीले जति गर्नुपर्ने कुरा हो त्यो गर्न नसकेकै हो । यसलाई सहस्र स्विकार्नु नै हाम्रो धर्म हो, पर्यटन बोर्डको धर्म हो भन्ने मलाई लाग्छ ।

पर्यटन बोर्ड आफैँले के गरेको छ ?
पर्यटन बोर्ड आफैँले यो बीचमा एसटीएलआरपी भन्ने प्रोजेक्ट ग¥यौं । जो पर्यटन क्षेत्रमा खान नपाएर वा दसैँ पनि मान्न नसक्ने स्थितिमा रहेर दैनिकी नै चलाउन नसकेका सबैभन्दा बढी पर्वतीय पर्यटनमा नै लागेका मजदुरहरूको राहतको कुरा भयो । पहिला पर्वतीय पर्यटनमा मात्र काम गर्ने भनेर अगाडि बढायौँ, तर हाम्रो भूमिका त पर्वतीय पर्यटन मात्र थिएन, किनकि हामीसँग सरोकारवाला सबै मजदुरहरू, चाहे त्यो होटलमा, हेलिटेज साइटमा काम गर्ने होस्, यी सबै ठाउँमा काम गर्ने मजदुरहरू अप्ठ्यारोमा पर्नुभएको रहेछ । ती १६ सय मजदुरलाई यो बीचमा काम दियौँ भने ५ हजार मजदुरलाई काम दिने बाटोमा लागिरहेका छौँ । अन्य क्षेत्रमा लाग्नेहरूलाई पनि चिन्ने गरी आफ्नो गाउँ आफैँ बनाऊँ भन्ने अवधारणाअनुसार हिजो गाउँहरू विकास भए, त्यसैगरी एउटा नमुनाको रूपमा हामीले प्रोजेक्टहरू अगाडि बढाउने, संस्थाहरूसँग ज्वाइन्ट्ली कोलाब्रेसन गरेर, व्यवसायीसँग कोलाब्रेसन गरेर मजदुर र व्यवसायीहरूलाई बचाउने, सकारात्मक सोच दिनेतिर हामी लाग्यौँ । जबकि यो बीचमा द्वन्द्व, झगडा, अस्थिरता यो कारणले समूहिक रूपमा चल्न नसक्ने व्यवसायी र मजदुरको कुराहरूलाई त्यो नहुने नमुनाको रूपमा देखाउनु पर्छ भनेर नै हामीले अहिले व्यवसायी, संघसंस्था, मजदुरलाई जोडेर दुई–चारवटा कार्यक्रम गर्नलाई यूएनडीपी तयार ग¥यौं । जसले पर्यटन बोर्डको संरचना बनाउन सुरुमा सहयोग ग¥यो र अहिले पनि यूएनडीपी, टान र टानको टिम्स फर्म भन्ने लामो समयदेखि पदयात्रा क्षेत्रमा लागेका मजदुरहरूलाई उठाएकै पैसा वा व्यवसायीहरूले उठाएकै पैसा, ट्रेकिङ एजेन्सीले उठाएकै पैसा बचिरहेको थियो, त्यसलाई ज्वाइन्ट फ्रन्टमा अगाडि बढाउने नमुनाकै रूपमा काम गरेका छौँ ।

हाम्रो ठूलो प्रोजेक्ट कोरोनाका कारण रोकियो— भ्रमण वर्ष–२०२०, त्यही रूपमा अब अगाडि नजाला, अर्कै रूपमा भए पनि अगाडि जान सक्ने अवस्था छ ?
एकदमै अगाडि जाने अवस्था छ, किनभने पर्यटन बोर्डको ऐनले समग्र पर्यटनको लिडरसिप लिने संस्था मन्त्रालय पनि होइन भनेको छ, बोर्डलाई हामीले त्यो ढंगले सञ्चालन गर्न सकेनौँ, जसका कारण कता–कता यो भूमिका पर्यटन बोर्डको होइन कि भन्ने लाग्छ, चाहे त्यो नीतिनियम बनाउने कुरा होस्, चाहे केके गर्ने भन्ने कुरामा । बोर्डले निर्णय गरेर सरकारले स्विकार्ने कुरा हो । त्यसैले यो गर्नका लागि हामीले सात प्रदेशमा मार्ट गर्न सकिन्छ कि सकिँदैन भनेर हेर्न लागेका छौँ । अहिले त धेरै जिल्लाहरू समेटिएर एउटा प्रदेश बनेको स्थिति छ । त्यो कारणले गर्दा अब तपाई त्यो प्रदेशमा कति सक्सेस हुन्छ, त्यसका आधारमा अनि अन्तर्राष्ट्रिय क्षेत्र पनि कति खुल्छ भन्ने आधार हेरेर हामी पोलिसी बनाएर अब गर्न सकिन्छ, हिजोको भिजिट नेपाल–२०२० गरेजस्तै पर्यटन वर्ष गर्न सकिन्छ भनेर सरकारलाई हामी एउटा नीतिगत रूपमै अथवा बैठकमै निर्णय गरेर दिन्छौँ र सरकारले लिने स्थिति बनाउँछौँ । त्यही बनाउनका लागि नै एक उत्पादन एक गाउँ, एक महŒवपूर्ण प्रोडक्ट एक जिल्ला, सातै प्रदेशमा मार्ट भन्ने हिसाबले हामीले अहिले नीतिमा अगाडि सारेका हौँ, कोभिडले कति छुन्छ र कति सहभागिता हुन्छन् व्यवसायी र हाम्रो पर्यटकहरूको वा जनसमुदायको भन्ने कुरा हेर्नका लागि पनि हामीले यो कार्यक्रम अगाडि बढाएको हो र यसकै आधारमा अब हामी एउटा ठूलो कार्यक्रम, भिजिट नेपाल–२०२० कै रूपमा के नाम दिने, त्यो पछिको कुरा हो, त्यो ढंगले अगाडि बढाउने सोचमा पर्यटन बोर्ड छ ।

प्रतिक्रिया दिनुहोस्