लघुवित्त एसोसिएसनको नयाँ कार्यसमिति चयन «

लघुवित्त एसोसिएसनको नयाँ कार्यसमिति चयन

लघुवित्त वित्तीय संस्थाहरूको सीईओहरूको छाता संगठन ‘नेपाल लघुवित्त बैंकर्स संघ’ मा प्रकाशराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । यस्तै, उपाध्यक्षमा हालका उपाध्यक्ष रामहरी दाहाल र धौलागिरि लघुवित्तका मिनबहादुर बोहराले उम्मेदवारी दिएकोमा दाहालले उमेदवारी फिर्ता लिएपछि बोहोरा सर्वसम्मत भए । महासचिवमा रामबहादुर यादव पनि निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, कोषाध्यक्षमा उन्नति सहकार्यका प्रेमबहादुर पाठक र सचिवमा सबैको लघुवित्तका केशवकुमार पौडेल चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा श्रीराम पोख्रेल, गंगाधर पाण्डे, प्रविणकुमार लामा, बद्रिप्रसाद दुलाल, विनोद आचार्य र विमला योगी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्