विराटनगरको एउटै मोबाइल पसलमा दुईपटक चोरी «

विराटनगरको एउटै मोबाइल पसलमा दुईपटक चोरी


विराटनगर–९ महेन्द्र चोकस्थित मोबाइल पसलमा दुईपटक चोरी भएको छ ।
महेन्द्र चोकको हिमालय रोडस्थित सनराइज इन्टरप्राइजेज मोबाइल पसलमा चोरी भएको हो । पसलमा सञ्चालक मधुकुमार राईका अनुसार यसअघि २०७६ सालमा पसलबाट १६ लाख रुपैयाँ बराबरका ६० वटा मोबाइल चोरी भएको थियो । पहिले चोरी भएको मोबाइल भेटिएको छैन । शुक्रबार राति पुनः उनकै पसमा चोरी भएको हो । यो पटक भने १५–१६ वटा मोबाइल चोरिएको राईले बताए । ग्राहकले बनाउन दिएका मोबाइलहरू पनि चोरी भएको पसलका सञ्चालक राईले बताए ।
उनले ब्याट्री, चार्जर, यु.एस.बी केवल र ब्याक कभरलगायत मोबाइलका अन्य सामग्रीहरू पनि चोरी भएको जानकारी दिए । शनिबार बिहान ११ बजेतिर पसल खोल्दा चोरीबारे थाहा पाएको उनको भनाइ छ । यसपटक पनि गतवर्षको चोरीमा सलंग्नहरूले नै चोरी गरेको हुनसक्ने सञ्चालक राईको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्