पर्यटन क्षेत्र कोभिड–१९ को असरबाट मुक्त हुँदै «

पर्यटन क्षेत्र कोभिड–१९ को असरबाट मुक्त हुँदै


नेपालको पर्यटन क्षेत्र तुलनात्मक लाभका दृष्टिकोणले उच्च सम्भावना बोकेको क्षेत्र हो । अनुपम प्राकृतिक, सामाजिक, धार्मिक एवं जैविक विविधताका कारण यस क्षेत्रमा तुलनात्मक लाभ छ । नेपालका हरेक क्षेत्र र भूभागले पर्यटन प्रवद्र्धनको अद्वितीय सम्भावना बोकेको छ । नेपालको संविधानमै यी विभिन्न स्थल र सम्पदाको पहिचान, संरक्षण, प्रवद्र्धन एवं प्रचारप्रसारमार्फत अर्थतन्त्रको प्रमुख हिस्साको रूपमा पर्यटन क्षेत्रलाई विकास गर्ने नीति लिएको छ ।
पर्यटन प्रवद्र्धनको माध्यमबाट नेपाललाई एक समृद्ध मुलुकका रूपमा चिनाउने अवसर पनि हाम्रो सामु छ । यो क्षेत्रको प्रवद्र्धन र प्रचारबाट रोजगारीका अवसरमा वृद्धि गरी गरिबी निवारणमा समेत उल्लेख्य योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।
तर, नेपालको पर्यटन क्षेत्रको विडम्बना नै भन्नुपर्छ, २० लाख पर्यटक भिœयाउने उद्देश्यका साथ सुरु भएको नेपाल भ्रमण वर्ष–२०२० को सुरुवातमा नै कोरोना भाइरसको आकस्मिक प्रकोपले गर्दा अभियानमा गम्भीर असर पुग्न गयो । राज्यको लगानीको प्रतिफल आउन नपाउँदै यो क्षेत्र कोभिड–१९ को प्रत्यक्ष असरले प्रभावित बन्न पुग्यो । लकडाउन, निषेधाज्ञा, यातायात बन्द, होटल–रेस्टुराँ बन्द, हवाइ मार्ग बन्द हुँदा यो क्षेत्र थला परेको छ ।
तथ्यांकगत रूपमा हेर्ने हो भने सन् २०१९ मा पर्यटक आगमन २.१ प्रतिशतले बढेकोमा सन् २०२० मा ८०.८ प्रतिशतले घटेको तथ्यांक आर्थिक सर्वेक्षणले देखाएको छ । यसले विदेशी मुद्रा आर्जनमा करिब ७० प्रतिशतले कमी आएको छ । सन् २०१९ मा कुल पर्यटक आगमन ११ लाख ९७ हजार १ सय ९१ हुँदा यो संख्या सन् २०२० मा २ लाख ३० हजार ८५ र सन् २०२१ मा ३२ हजार ९ सय ९७ मा सीमित हुन पुग्नु मुलुकका लागि ठूलो चिन्ताको विषय बनेको छ ।
उल्लिखित तथ्यांकले कोभिड–१९ बाट पर्यटन क्षेत्र सबैभन्दा नराम्रोसँग प्रभावित बनेको देखिन्छ ।
कोभिड–१९ को पहिलो र दोस्रो लहरले नेपालको पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ । नेपाल भ्रमण वर्ष २०२० सुरु हुन लाग्दै कोभिडको महामारी फैलिन थालेपछि अन्य क्षेत्रजस्तै पर्यटन उद्योगसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू स्थगित हुन पुगे । विश्वव्यापी रूपमा पर्यटन क्षेत्र नराम्रोसँग पछाडि धकेलिन पुग्यो ।
दशक लामो पर्यटनको इतिहासमा सन् २०२० सबैभन्दा प्रतिकूल समयका रूपमा नेपाली पर्यटन उद्योगले बेहोर्नुप¥यो । यस क्षेत्रमा कार्यरत दसांै हजार मानिसले महामारीकै कारण रोजीरोटी गुमाएका छन् । यस वर्ष पनि निषेधाज्ञा र बन्दाबन्दीकै कारण करिब ९५ प्रतिशत पर्वतारोहीहरू नेपाल भ्रमण गर्नबाट वञ्चित भएका छन् ।
वैशाखदेखि मुलुकभर निषेधाज्ञा र लकडाउनका कारण अन्तर्राष्ट्रिय उडानहरू सबै बन्द भएकाले बाह्य पर्यटकको आगमनमा उल्लेख्य गिरावट आएको छ । यसले गर्दा करिब ९८ प्रतिशत रोयल्टी संकलनमा गिरावट आएको छ । कोभिड महामारीको दोस्रो लहरका बाबजुद पनि पर्वतीय गतिविधिमा भने केही मात्रामा चहलपहल बढेको छ ।
करिब ३ सयभन्दा बढी पर्वतारोही सगरमाथाको शिखरमा पुगेका छन् ।
पर्यटन विभागले ४ सय पर्वतारोहीलाई आरोहणका लागि अनुमति प्रदान गरिसकेको छ । यस्ता गतिविधिले पनि पर्वतारोही र पर्यटन सञ्चालकहरूमा नयाँ जोस र आत्मविश्वास सिर्जना गरेको छ ।
पर्वतीय पर्यटनको क्षेत्रमा अन्य धेरै रेकर्डहरू रहेका छन् । महामारीको दुष्चक्र ओरालो लाग्नेबित्तिकै विदेशी पर्यटकहरूको नेपाल आगमन खुला गर्ने तयारीमा सरकार रहेको छ । पर्यटन क्षेत्र आज पनि मुलुकको प्रमुख प्राथमिकता प्राप्त क्षेत्रको रूपमा रहेको छ । यसले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी सिर्जना गरी विदेशी मुद्रा आर्जनमा टेवा पु¥याई राष्ट्रिय अर्थतन्त्रलाई योगदान पु¥याएको छ ।
आव २०७८/०७९ को बजेटमा संघीय सरकारले कोमामा पुगेको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिलाउन नयाँ योजनाका साथ अघि बढ्ने भनी बजेटसमेत विनियोजन गरेको छ । पर्यटन व्यवसायीहरूको मागबमोजिम सरकारले विदेशी पर्यटकहरूका लागि एक महिनाको फ्री भिसा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको छ । यो व्यवस्था जुलाई १६ देखि लागू हुने भनिएको छ । यो प्रोत्साहनस्वरूप प्रदान गरिएको एकमहिने फ्री भिसाले महामारी नियन्त्रणपश्चात् धेरैभन्दा धेरै पर्यटक नेपाल भ्रमण गर्ने अपेक्षा गरिएको छ ।
हरेक काला बादलका धब्बामा चाँदीको घेरा हुन्छ भनेजस्तै महामारीविरुद्धको विश्वव्यापी खोप अभियानपश्चात् अवस्था सामान्यीकरणतर्फ जाने आमअपेक्षा छ ।
बजेटले व्यवस्था गरेअनुरूप पर्यटन उद्योगले पनि अन्य उत्पादन उद्योगहरूले जस्तै सेवा–सुविधाहरू पाउने व्यवस्था गरिएबाट पर्यटन उद्योगले पुनर्जीवन पाउने अपेक्षा गर्न सकिन्छ । बजेट वक्तव्यमार्फत नै सरकारले अर्काे एउटा महŒवपूर्ण निर्णय गरेको छ । निजामती कर्मचारीहरूलाई दस दिनको पर्यटन बिदा दिने व्यवस्थाबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा उल्लेख्य सहयोग पुग्ने देखिन्छ । अन्य निजी एवं सार्वजनिक संघ–संस्थाहरूले पनि त्यहाँ कार्यरत कमचारीहरूलाई यो सुविधा उपलब्ध गराउनुपर्ने देखिन्छ ।
त्यस्तै खेल पर्यटनका माध्यमबाट पनि मुलुकलाई पर्यटकीय गन्तव्य मुलुकका रूपमा चिनाउने प्रतिबद्धता जनाइएको छ । लागत साझेदारीका आधारमा पर्यटन पूर्वाधार विकासलाई निरन्तरता दिने घोषणा बजेटमा गरिएको छ । यस कार्यका लागि प्रदेश र स्थानीय तहका सरकारहरूलाई जिम्मेवारी दिइएको छ । यसका साथै सरकार निजी क्षेत्रको सहयोग र सहकार्यका आधारमा एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम लागू गर्ने तयारीमा रहेको छ ।
यो सरकारी घोषणा कार्यान्वयन हुने हो भने नेपालमा पर्यटन सम्बद्ध गतिविधिहरूको विकास र विस्तार गर्न कोसे ढुङ्गा साबित हुनेछ । सुरक्षाका प्रोटोकलहरू फलो गरेर भए पनि पर्यटकीय गतिविधिहरू सञ्चालन गर्न सकिन्छ । विदेशबाट आउने सबैले कोरोना बोकेका हुन्छन् भन्ने भ्रमपूर्ण सोचाइबाट माथि उठी सावधानी अपनाएर यो क्षेत्रलाई चलाउन सकिन्छ । सरकारले यो पनि बुझ्नुपमहामारीका बीचमा माल्दिभ्सले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्यो ।
तर, हामीकहाँ गलत बुझाइले गर्दा दैनिक लाखौं घाटा बेहोरिराख्नुपरेको छ । र्छ कि पर्यटन मात्रै चल्यो भने पनि अन्य क्षेत्र आफसेआफ चलायमान हुन्छन् । मिडियाबाजी पर्यटक आकर्षण गर्ने महŒवपूर्ण माध्यम हो । मिडिया क्याम्पेनिङले पनि पर्यटक बढाउन सहयोग पुग्ने हुनाले त्यसतर्फ पनि सरकारको ध्यान जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्