कुमारी बैंकको डिजिटल दक्षिणा अभियान «

कुमारी बैंकको डिजिटल दक्षिणा अभियान

कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैंको उपलक्ष्यमा डिजिटल दक्षिणा अभियान ल्याएको छ ।
कोरोना महामारीले निम्त्याएको आफन्तबीचको बाध्यात्मक दूरीलाई माया र आर्शिवादको डिजिटल आदानप्रदानमार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्य रहेको जनाएको छ ।
चाडपर्वकै अवसरमा नयाँ नोटको आगमनमात्र नभई चाडपर्वमा टीका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्षिणाले कम गर्ने बैंकको दावी छ ।
यस अभियानअन्तर्गत वडादसैंमा पाँच दिन र तिहारमा तीन दिन तथा छठ पर्वको दिन बैंकको मोबाइल एपमा भएको डिजिटल दक्षिणामार्फत गरिएको अन्तर बैंक रकमान्तरमा लाग्ने सेवाशुल्क, क्यास्ब्याकमार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा बैंकले प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्