कोभिडमा खटिने संस्था र कर्मचारी सम्मानित «

कोभिडमा खटिने संस्था र कर्मचारी सम्मानित

विश्व महामारी फैलिरहेको समयमा पनि मुगु जिल्ला अछुतो नरहेको समयमा रातदिन कोभिडमा खटिने राम्रो कार्य गर्ने संस्था र कर्मचारीलाई स्वास्थ्य सेवा कार्यालय मुगुले सम्मान गरेको छ ।
आव २०७७।०७८को जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा मुगु जिल्लामा रहेका चार स्थानीय तहले प्रस्तुत गरेको कार्य सम्पादन प्रस्तुति र कोभिडको समयमा देश र जनताको जिउ ज्यानको सुरक्षाका लागि खटिएको स्थानीय तहअन्तर्गत उत्कृष्ट प्रथम खत्याड गाउँपालिका, दोस्रो छायानाथ रारा नगरपालिका, तेस्रो मुगमकामारोङ गाँउपालिका चौथो सोरु गाउँपालिकाले सम्मानित भएका छन् ।
कोभिडको समयमा आफ्नो जिउ ज्यानको प्रवाह नगरी राता दिन स्थानीय नागरीकको सुरक्षामा खटिएको कर्मचारीअन्तर्गत रीतिजा रावल, डाक्टर रामु सापकोटा चरित्र धामी लगाएत ७ जना कर्मचारीलाई सम्मानसहित कोभिडतर्फ उत्कृष्ट स्वास्थ्यकर्मीमा घोषणा गरिएको सूचना अधिकारी पशुराम नेपालीले बताएका छन् ।
मुगु जिल्लामा रहेका नागरिकहरुको स्वास्थ्यमा अवोरात्र खटिने स्वास्थ्यकर्मीअन्तर्गत उत्कृष्ट कार्य सम्पादनका आधारमा बलि बहादुर बुढा, हरिबहादुर बुढा, विष्णु महतलगायत ८ जना स्वास्थ्यकर्मीलाई समेत राम्रो कार्य गरेबापत वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीबाट सम्मानसहित प्रशंसापत्र वितरण गरिएको हो । आउँदा दिनहरुमा आउने तेस्रो कोभिडको भेरीयटलगायत अन्य महामारी र मुगाली जनताको स्वास्थ सुधारका लागि थप खटिनु हुनसमेत आग्र गर्दै उनीहरुको उच्च सम्मान रहेको सम्मान स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त प्रमुख ज्ञानसिंह बुढाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्