प्रभु मनिट्रान्सफर र वेष्टर्न युनियनबीच सम्झौता «

प्रभु मनिट्रान्सफर र वेष्टर्न युनियनबीच सम्झौता

प्रभु मनि ट्रान्सफरले वेष्टर्न युनियन मनि ट्रान्सफरसँग सम्झौता गरेको छ । आफ्नो रेमिट कार्य सेवालाई बढाउँदै तथा आफ्ना ग्राहकलाई सहज तथा सरल तरिकाले रकम पठाउन तथा प्राप्त गर्न प्रभुले वेष्र्टनसँग सम्झौता गरेको जनाएको छ ।
सम्झौतासँगै ग्राहकले विदेशमा वेष्टर्न युनियनबाट पठाएको रकम प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी तथा वालेटहरुमा रहेको ग्राहकहरुको खातामा तुरुन्तै रकम जम्मा हुने जनाएको छ ।
यस कार्यबाट ग्राहकहरुलाई अझ सहज तरिकाले रकम प्राप्त हुने जानकारी प्रभु मनि ट्रान्सफरले जनाएको छ । सम्झौता पत्रमा वेष्टर्न युनियन नेटवर्क (आयरल्याण्ड) लिमिटेडका तर्फबाट प्रतिनिधि एलेन तथा प्रभु मनि ट्रान्सफरका तर्फबाट रामेश्वर सापकोटाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्