एनएमबिको एआईमा आधारित भिडियो केवाईसी «

एनएमबिको एआईमा आधारित भिडियो केवाईसी

काठमाडौं, १८ असोज (कास)ः एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ क्षेत्रमा पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक भएको बताइएको छ ।
ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत अनलाइन नया खाताँ खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा गर्न सक्दछन् ।
“एनएमबिले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधि भन्दामाथि उठेर बैंकसम्म नधाइकनै मुख्य बैंकिङ्ग गतिविधिहरु सञ्चालन गर्न सक्दछन् । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसेर बैंकिङ्ग कारोबर सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाईृ निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ प्रदान गर्दछ ।” बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्