कांग्रेस केन्द्रीय समिति बैठक २८ गतेसम्म स्थगित «

कांग्रेस केन्द्रीय समिति बैठक २८ गतेसम्म स्थगित

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक माघ २८ गतेसम्मका लागि स्थगन भएको छ । कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बिहिबार बसेको बैठकमा पनि नेताहरुले धारणा राख्ने क्रम जारी रह्यो ।
अर्को बैठक माघ २८ गते बिहान ११ बजेका लागि बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बिहिबारको बैठकमा केन्द्रीय सदस्यहरु बलबहादुर केसी, डा. नारायण खड्का, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, डा. शेखर कोइराला, डा. चन्द्रकान्त भण्डारी, शंकर भण्डारी, गगनकुमार थापा, गुरुरराज घिमिरे, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, हृदयराम थानी र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेका थिए ।
उनीहरुले महासमिति बैठकमा प्रस्तुत भएको पार्टी विधानमा आएका सुझाव, नेविसंघको वर्तमान कार्यसमितिको विघटन, समसामयिक राजनीतिक परिस्थिति र सरकारका कामकारवाहीका बारेमा धारणा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्