१ सय मेगाटनको परमाणु संयन्त्र ल्याउने रूसी चेतावनी «

१ सय मेगाटनको परमाणु संयन्त्र ल्याउने रूसी चेतावनी

मस्को-अमेरिकाले मध्यम परमाणु शक्ति (आईएनएफ) सन्धिबाट बाहिरिने बताएपछि अमेरिकामा अस्त्रले फेरो लगाउने चेतावनी रूसी मिडियाहरूले दिएका छन् । यो सन्धि युरोपमा शीतयुद्धकालको जस्तो हतियारको होड हुन नदिनका लागि एक मात्र अवरोध थियो ।
आईएनएफ सन्धिले ३ सयदेखि ३ हजार २ सय माइलको जमिन आधारित परमाणु सक्षम क्षेप्यास्त्रमाथि प्रतिबन्ध लगाएको थियो । रूस र अमेरिकाले धेरैजसो युरोपमा यो परमाणु क्षेप्यास्त्रले भरिभराउ भएको समयमो १९८७ मा यो सन्धि गरेका थिए ।
अमेरिका र नेटोका सबै सदस्ये हालै मात्र रूसले प्रतिबन्धित परमाणु सक्षम हतियारको विकासका लागि वर्षौं खर्च गरेको र यसले सन्धि अर्थहीन भएको निष्कर्ष निकालेका छन् । अमेरिकाले यो सन्धिबाट फिर्ता हुने र आफ्नै किसिमको क्षेप्यास्त्रले काम नगर्ने सन्धिको ढाँचा तयार पार्ने जनाएको छ । रूसले पनि अमेरिकाकै नक्कल गर्ने जनाएको छ ।
“यदि अमेरिको रूसको सीमानजिक आफ्नो नयाँ परिचालन गर्छ भने हामी पनि परिचालन गरेर यसको जवाफ दिन्छौं । त्यसपछि अवश्य पनि परमाणु द्वन्द्वको अवस्था आउनेछ,” हतियार नियन्त्रक विज्ञलाई उद्धृत गर्दै रूसी अखबारले जनाएको छ ।
“यदि अमेरिकी क्षेप्यास्त्र पोल्यान्ड तथा बाल्टिक राज्यमा परिचालन गरिएमा यो केही मिनेटको अवधिमै रूसमा पुग्न सक्छ । यस किसिमको अवस्थामा रूसले पनि बदला स्वरूप परमाणु हतियारको प्रयोग गर्ने बारेमा विचार गर्न सक्छ र रूसको विरुद्धमा कुन क्षेप्यास्त्र परिचालन गरियो भन्ने विषयमा सोच्ने समय हुनेछैन,” उनले बताए ।

प्रतिक्रिया दिनुहोस्